एमाले महाधिवेशनका कारण कांग्रेसको जिल्ला अधिवेशन स्थगित « Khabarhub

एमाले महाधिवेशनका कारण कांग्रेसको जिल्ला अधिवेशन स्थगित


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगित भएको कांग्रेसले जनाएको छ ।

एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको कांग्रेसका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए। ‘यातायात र कार्यकर्ताको बसाइमा समस्या पर्ने भएकाले जिल्ला अधिवेशन केही दिनका लागि पछि सार्ने निर्णय भएको छ’, उनले भने।

मंसिर १६ र १७ का लागि तय भएको सात प्रदेशको अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने गरी निर्वाचन समितिलाई जिल्ला कार्यसमितिले पत्र लेखेको छ ।

प्रदेश तथा केन्द्रको महाधिवेशनका प्रतिनिधि चयन भइसकेकाले जिल्ला अधिवेशनपछि सार्दासमेत फरक नहुने हुनाले १७ गतेपछि जिल्ला अधिवेशन गर्न सिफारिस गरिएको नेताहरुको भनाइ छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : ४२ बजे

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक