सहिद स्मारक लिग : आजदेखि दोस्रो चरणका खेल हुँदै « Khabarhub

सहिद स्मारक लिग : आजदेखि दोस्रो चरणका खेल हुँदै


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगको दोस्रो चरणका खेल शुक्रबार सुरु भएर सोमबार समाप्त हुनेछ । एक चरणमा सात खेल हुनेछन् ।

पहिलो दिन दुई खेल हुनेछन् । दिउँसो १ बजे सुरु हुने खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबविरुद्ध खेल्नेछ ।

लिगमा सातदोबाटो पहिलो जितको खोजिमा छ । यसअघि सातदोबाटोले पहिलो खेलमा ललितपुर प्रतिद्वन्द्वी फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो । मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटोलाई दुइ विदेशी खेलाडीको साथ रहेको छ ।

प्रशिक्षक मेघराज केसीले खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एक विदेशी खेलाडी थ्रीस्टारविरुद्ध उपलब्ध नहुने बताएका छन् । नवप्रवेशी सातदोबाटोका प्रशिक्षक केसीले थ्रीस्टारको टोली समेत सेट नभइ सकेको अवस्थामा आफ्नो टोलीले तिन अंकको लागि खेल्ने बताए ।

‘भोलि (थ्रीस्टारविरुद्ध) तीन अंककै लागि खेल्छौं । प्रत्येक खेल हामी तीन अंकका लागि खेल्छौं । अस्तिको खेल (थ्रीस्टारविरुद्ध च्यासल) हेर्दा सबै गोल डिफेन्डरबाट आएको हो । उनीहरु पनि सेट नभइसकेको हुन सक्छ ।’ थ्रीस्टारका पूर्व प्रशिक्षक समेत रहेको केसीले भने ।

यसअघिका सिजन थ्रीस्टारको टच लाइनमा रहेका केसी त्यहि पूर्वक्लबविरुद्ध जित निकाल्ने दाउमा हुनेछन् । अघिकांश खेलाडी पुरानै रहेकाले केसीले केहि रणनीति पक्कै प्रस्तुत गर्नेछन् ।

पहिलो खेलमा छिमेकी च्यासल युथ क्लबविरुद्ध ३–० को सहज जित निकालेको थ्रीस्टार सातदोबाटोविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ । राष्ट्रिय टोलीका २ खेलाडीको साथ पाएको थ्रीस्टार डिफेण्डर विक्रम लामाको कप्तानीमा जारी लिगमा लगातार दोस्रो जित निकाल्ने दाउँमा छ । थ्रीस्टारलाई तिन विदेशी खेलाडीको साथ रहनेछ ।

थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठ सबै विपक्षी बलियो रहेको बताउँदै सातदोबाटोविरुद्ध आफ्नो खेल खेल्दै जित्न खेल्ने बताउँछन् ।

‘पहिलो खेलबाट ‘अट्याकिङ थर्ड’मा हामीले स्कोर गर्ने अवसर निकाल्न सकेनौं । सबै विपक्षी टोली बलिया छन् । हरेक खेल फाइनल सोचेर खेल्छौं । हामी आफ्नो खेल खेल्छौं ।’ पहिलो पटक थ्रीस्टारको टच लाइन समालेका उर्जन भन्छन् ।

साझ पौने ५ बजे हुने दोस्रो खेलमा संकटा क्लबले फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । रवि सिलवालको कप्तानीमा रहेको संकटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो । यता, फ्रेण्ड्स समेत पहिलो जित निकाल्न चाहन्छ । फ्रेण्डस् उद्घाटन खेलमा नव प्रवेशी सातदोबाटोसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

पहिलो चरणको अन्य खेलमा च्यासल युथ क्लब र एपीएफ फुटबल क्लब भिड्दा हिमालयन शेर्पा क्लब र मनाङ मस्र्याङ्दी क्लब आमुने सामुने हुनेछन् । तेस्रो दिनको एक मात्रै खेलमा जावलाखेल युथले नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ ।

दोस्रो चरणको अन्तिम दिन दुई खेल हुनेछ । पहिलो खेलमा व्रिगेड व्बाईज क्लब र न्युरोड टिम एन आरटी आमुने सामुने हुँदा दोस्रो चरणको अन्तिम खेलमा साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।

करिब ४ महिना चल्ने लिगको पुछारको दुई टोली दोस्रो डिभिजन लिगमा घटुवा हुनेछन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ०९ बजे

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

सुर्खेत– तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते