तीन जनामा कोभिड देखिएपछि सांघाइमा सयौँ उडान रद्द, सबै विद्यालय बन्द « Khabarhub

तीन जनामा कोभिड देखिएपछि सांघाइमा सयौँ उडान रद्द, सबै विद्यालय बन्द


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सांघाईमा तीन जनामा कोभिड १९ देखिएपछि सयौं उडान रद्द गरिनुका साथै विद्यालय बन्द गरिएका छन् । त्यस्तै, सो क्षेत्रमा गरिने सबै भ्रमण स्थगित गरिएको छ ।

चीनले कोभिडलाई शून्यमा झार्ने बताउँदै आएको छ । यात्रा प्रतिबन्ध देखि लकडाउनसम्मका उपाय लगाएर बेइजिङले कोभिड नियन्त्रण गर्न सफल भएको छ । तर, पछिल्ला समयमा केही सहरमा कोभिड संक्रमण देखिन थालेको छ ।

नजिकको सुझोउ सहरमा यात्रा गरेका तीन जनामा कोभिड पोजेटिभ देखिएपछि सावधानीस्वरुप विभिन्न प्रतिबन्ध लगाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोभिड भएका तीनै जनाले खोप लगाएका थिए ।

सांघाईमा शुक्रबार ५०० भन्दा बढी उडान रद्द गरिएका छन् । त्यस्तै सांघाई सरकारले अन्तरप्रान्तीय भ्रमण रद्द गरेको छ । त्यसैगरी सांघाईका ६ ओटा अस्पताल बन्द गरिएका छन् ।

सांघाईबाट १०० किलोमिटर टाढा रहेको सुझोउ सहरमा एक करोड ३० लाख मानिस बसोबास गर्छन् । अहिले त्यहाँका सम्पूर्ण पर्यटकी क्षेत्र बन्द गरिएको छ । सहर छोड्नुअघि सबै नागरिकलाई कोभिड नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : १३ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान