कानमा लामा रौँ पलाए के हुन्छ ? « Khabarhub

कानमा लामा रौँ पलाए के हुन्छ ?


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कानमा रौँ भएका मानिस कमै हुन्छन् । कानका रौँले स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले कानमा विभिन्न धुलो र नचाहिने कणलाई रोक्छ । तर कानमा बढी रौँ हुनु भने राम्रो मानिँदैन ।

जसको कानमा रौँ हुन्छ उनीहरू कन्जुस हुने, बाठो हुने वा आयु लामो हुने फरक फरक विश्वास समाजमा देखिन्छ । तर वैज्ञानिक शोधले भने कानमा लामो रौँ भए गम्भीर रोगको सिकार हुन सक्ने खतरा देखाएको छ ।

हालैको एक शोध अनुसार कानमा लामो-लामो रौँ हुनेहरूमा हृदय रोगको खतरा बढी हुन्छ । खास गरी सामान्य भन्दा लामो आकारको रौँ कानमा बाक्लो छ भने त्यस्ता व्यक्तिलाई हृदयाघातको खतरा समेत उच्च हुने उक्त शोध अध्ययनको निष्कर्ष छ ।

कानमा रौँ हुने समस्या वंशाणुगत भन्दा बढी अहिलेको जीवनशैली र आहार विहार रहेको वैज्ञानिकको बुझाइ छ । धूम्रपान गर्नेमा यो समस्या उच्च देखिने शोधले बताएको छ । शोध अनुसार कान र हृदयाघातको गहिरो सम्बन्ध छ । सन् १९७३ मा डा. सान्डर्स टी फ्रान्क र उनको टिमले अधिकांश हृदयाघातको समस्या हुनेहरूमा कानमा लामो रौँ हुने गरेको तथ्य बाहिर ल्याएको थियो ।

पुरुषको कानको लोतीमा चिरा परेको छ भने मुटुको कोरोनेरी धमनीमा रोग लागेको अनुसन्धानले पत्ता लगाएको छ । त्यस्तै कानमा थुप्रो रौँ हुनुले टेस्टोस्टेरोनको स्तर देखाउँछ । धेरै टेस्टोस्टेरोन हुने मान्छेलाई हृदयाघातको सम्भावना हुन्छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : ०० बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य