प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई | Khabarhub Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

एपीएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो । एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो ।

एपीएफको जितमा विकेट किपरसमेत रहेकी ब्याटर ज्योति पाण्डेले ३९ बलमा ६ छक्कासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै ममता चौधरी २३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् ।

प्रदेश १ की कप्तान रुविना क्षेत्रीले एक्लै ३ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी रुविनाले १ मेडन राख्दै १० रन खर्चिएकी थिइन् ।

यस अघि धनगढीको फाप्ला क्रिकेट मैदानमा कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको थियो । टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको हो ।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन जोडिन । यस्तै अप्सरी बेगमले ३४ बलमा १ चौकासहित ११ रनको योगदान दिइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । एपीएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन् । रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन् ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १ : ५९ बजे

युरोकप : हंगेरीको पहिलो जित, स्कटल्याण्ड बाहिरियो

काठमाडौं– युरोकप फुटबल २०२४ मा हंगेरीले पहिलो जित निकालेको छ

बिर्तामोड–शनिश्चरे सडक कालोपत्र

झापा– झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको ६ किलोमिटर सडकमा करिब साढे १५

वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको चुनौती

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८को महत्तवपूर्ण खेलमा वेस्ट

कोपा अमेरिका : अमेरिकाको विजयी सुरुवात

काठमाडौं– कोपा अमेरिका फुटबलमा अमेरिकाले विजयी सुरुवात गरेको छ ।

युरोकप २०२४ : जर्मनीसँग स्वीट्जरल्याण्ड पराजित

काठमाडौं– जर्मनीमा जारी १७औं संस्करणको युरोकप फुटबलमा आयोजक जर्मनी र