माओवादी केन्द्रको महाधिवेशन जारी (लाइभ) « Khabarhub

माओवादी केन्द्रको महाधिवेशन जारी (लाइभ)


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अहिले काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन समारोह चल्दैछ ।

महाधिवेशनमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू कमलादी पुगिसकेका छन् । उद्घाटन समारोहको अध्यक्षता दाहालले गरेका छन् भने कार्यक्रम सञ्चालन जनार्दन शर्माले गरेका छन् ।

कार्यक्रममा ११ पार्टीका नेताहरुलाई डाकिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन् । उनी झापामा छन् ।

महाधिवेशनले केन्द्रीय कार्यसमिति दुई सय ९९ सदस्य चुन्नेछ । सोही कार्यसमितिले पदाधिकारी चुन्ने जनाइएको छ ।

माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछ ।

यसअघि माओवादी केन्द्रमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव रहने व्यवस्था थियो । माओवादीले एमालेकै विधानअनुसार पार्टीको विधान संशोधन गरेको छ ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ३ : ११ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज