माओवादी केन्द्रको महाधिवेशन जारी (लाइभ) « Khabarhub

माओवादी केन्द्रको महाधिवेशन जारी (लाइभ)


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अहिले काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन समारोह चल्दैछ ।

महाधिवेशनमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू कमलादी पुगिसकेका छन् । उद्घाटन समारोहको अध्यक्षता दाहालले गरेका छन् भने कार्यक्रम सञ्चालन जनार्दन शर्माले गरेका छन् ।

कार्यक्रममा ११ पार्टीका नेताहरुलाई डाकिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन् । उनी झापामा छन् ।

महाधिवेशनले केन्द्रीय कार्यसमिति दुई सय ९९ सदस्य चुन्नेछ । सोही कार्यसमितिले पदाधिकारी चुन्ने जनाइएको छ ।

माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछ ।

यसअघि माओवादी केन्द्रमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव रहने व्यवस्था थियो । माओवादीले एमालेकै विधानअनुसार पार्टीको विधान संशोधन गरेको छ ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ३ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै