थप २१९ जनामा कोरोना संक्रमण « Khabarhub

थप २१९ जनामा कोरोना संक्रमण


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा आइतबार २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार १ सय ८० पीसीआर परीक्षणका क्रममा २ सय १३ जना र २ हजार ४ सय ९७ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २३ हजार ४ सय २ पुगेको छ । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ५ सय ८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

थप २ सय ८३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १० हजार ७ सय ८० संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ६ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ४ : ४६ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा