वैद्य, बाबुराम, बादल, विप्लवबिनाको माओवादी महाधिवेशन « Khabarhub

वैद्य, बाबुराम, बादल, विप्लवबिनाको माओवादी महाधिवेशन


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । उद्घाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गर्‍यो ।

महाधिवेशनमा माओवादीको पहिचान बोकेका अधिकांश नेताहरू देखिएनन् । २०५२ सालमा माओवादी आन्दोलन सुरु हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई मोहन वैद्य किरण, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, सीपी गजुरेललगायतका साथ दिएका थिए । आज यी सबै नेता माओवादी केन्द्रबाट बाहिरिइसकेका छन् ।

माओवादी केन्द्रमा अध्यक्ष पदबाहेक कोही पनि स्थिर छैनन् । सबै कुनै न कुनै कारण कारबाहीमा परेका छन् । आठौं महाधिवेशनमा सहभागी हुन आएका माओवादी प्रतिनिधिहरूले १० वर्षसम्म सशस्त्र विद्रोहको नेतृत्व गरेका नेताहरू नै नदेखेपछि खल्लो महसुस गरेका छन् ।

मोहन वैद्य अहिले पनि माओवादी नाम गरेको अलग्गै पार्टीमा छन् । बाबुरामले चारवटा पार्टी चाहरिसके । बादल, लेखराजहरू अहिले एमालेमा छन् । विप्लव नेकपा नामक पार्टीको महासचिव छन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ५ : ०१ बजे

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा