मनोहरा करिडोर निर्माण सम्पन्न « Khabarhub

मनोहरा करिडोर निर्माण सम्पन्न


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोटेश्वर–जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न भएको छ । बालकुमारी पुलबाट मनोहरा किनारै किनार लोकन्थली र नरेफाँट जोड्ने बेलिब्रिजसम्मको सडक कालोपत्र भएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । यो करिडार निर्माण शुरु भएको आठ वर्षपछि सम्पन्न भएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए ।

उनका अनुसार डिभिजनअन्तर्गत ‘क्रोनिक’ ठेक्काका रूपमा रहेको यो ठेक्का सम्पन्न हुँदा ललितपुरबाट भक्तपुरतर्फ जाने सवारी साधन कोटेश्वर–जडीबुटी नगएर सिधै बालकुमारीबाट लोकन्थली जान सक्नेछन् । करिडोरको सडक निर्माण सम्पन्न भए पनि धेरैलाई जानकारी नभएको बताए । “धेरैलाई जानकारी भएपछि र करिडोर प्रयोग बढेपछि कोटेश्वर–जडीबुटी सडकको जाम कम हुनेछ ,” उनले भने ।

डिभिजनले विसं २०७०/७१ मा सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको थियो । सडकको बजेट झण्डै रु १५ करोड छ भने यो खण्डको लम्बाइ एक दशमलव दुई किलोमिटर छ । यसअघि नै बल्खुबाट वाग्मती किनारैकिनार बालकुमारीसम्म करिडोर सञ्चालनमा छ । यसले गर्दा बल्खुबाट कुनै पनि सवारी साधन मुख्य सडक नपुगी भक्तपुर पुग्न सक्नेछ ।

सरकारले मुख्य सडकको सवारी चाप कम गर्न वाग्मती र त्यसका सहायक नदीहरुमा करिडोर निर्माण अघि बढाइरहेको छ । वाग्मती, धोबीखोला, नक्खु, विष्णुमती, मनोहरालगायतका नदीमा करिडोर निर्माण अघि बढाइरहेको छ । उपत्यकाकै बढी सवारी चाप रहेको सडकमा पर्ने जडीबुटीबाट कोटेश्वरको जाम कम गर्न विभिन्न विकल्प खोजिरहेको सडक विभागले करिडोर निर्माणलाई पनि विकल्पका रूपमा निर्माण अघि बढाएको हो । त्यससँगै विभागले कोटेश्वर–जडीबुटी सडकमा तीन लेन थप्ने गरी विस्तार गरिरहेको छ ।

सोही सडकको चाप कम गर्न मनोहरा करिडोर नै बेलिब्रिजबाट लोकन्थली पुलमुनि हुँदै पेप्सीकोलासम्म करिडोर निर्माणको योजना बनाइएको छ । आगामी आवमा पेप्सीकोला टाउनप्लानिङसम्म करिडोर निर्माण भएपछि सो खण्डको चाप अझै घट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ८ : ५३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क