किसानको विरोध गर्दा कंगनालाई करोडौं घाटा « Khabarhub

किसानको विरोध गर्दा कंगनालाई करोडौं घाटा


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेत्री कंगना रनावत भारतमा किसानले गरिरहेको आन्दोलनका विषयमा लगातार ट्वीट गरिरहेकी छन् । मंगलबार देशभरका किसानले ट्रयाक्टर र्‍याली निकालेपछि विभिन्न स्थानमा हिंसा भयो । यही विषयमा उनले एक ट्वीट गरिन् र आफ्नो सम्पूर्ण रिस त्यसमै पोखिन् । उनको यही आक्रोशका कारण उनले करोडौंको प्रोजेक्ट गुमाएकी छन् ।

कंगनाका अनुसार किसानको विरोध गर्दा ६ वटा ठूला ब्राण्डले उनीसँग गरेको र गर्न लागेका सम्झौता रद्द गरेका छन् । ‘६ वटा ब्राण्डले मसँग आफ्नो सम्झौता रद्द गरेका छन् । त्यसमा केहीमा सम्झौता भइसकेको थियो भने केही हुनेवाला थिए । मैले किसानलाई आतंकवादी भनेर बोलाएको उनीहरुको भनाई छ । त्यहीकारण उनीहरुले मलाई एम्बासडर बनाउन चाहेनन्’, उनले ट्वीटेकी छन् ।

उनले यस्ता हिंसाको समर्थन गर्ने जोकोही भारतीय व्यक्ति आतंकवादी रहेको दाबी गरेकी छन् । ‘त्यसमा ती व्यक्ति पनि सहभागी छन्, जो एन्टी नेशनल ब्राण्ड हुन्’, उनले लेखेकी छन् ।

कंगनाले ट्वीटमा अभिनेत्री प्रियंका चोपडा र अभिनेता दिलजीत दोसाँझमाथि पनि निशाना लगाएकी छन् । यी दुवै स्टारले किसानको प्रदर्शनलाई समर्थन गरेका थिए । कंगनाले दुवैलाई ट्याग गर्दै ‘प्रियंका र दिलजीत तपाईंहरुले यसलाई सम्झाउनुपर्नेछ । सारा विश्व हामीमाथि हाँसिरहेको छ । तपाईंहरुले यही चाहनुभएको थियो हैन । बधाई छ’ भनेर लेखेकी छन् ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ९ : ०५ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको