झापामा कोरोनाविरूको पहिलो खोप डाक्टरलाई « Khabarhub

झापामा कोरोनाविरूको पहिलो खोप डाक्टरलाई


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोना भाईरसविरूद्धको कोभिशिल्ड खोप लगाउने क्रम झापामा पनि सुरू भएको छ । बुधबार देशैभर एकसाथ सुरू भएको खोप लगाउने अभियान अन्तर्गत झापाका दुई ठाउँबाट एक साथ कार्यक्रम सुरू गरिएको छ ।

भद्रपुरमा आयोजित कार्यक्रममा मेची प्रादेशिक अस्पतालका डाक्टर मनिस सुवेदी र दमक २ को कोभिड अस्पतालमा आयोजित कार्यक्रममा दमकस्थित आम्दा अस्पतालका डाक्टर नवीन ढकालले पहिलो खोप लगाएका हुन् ।

झापाको कन्काई पश्चिमी भुगोलमा रहेको खोप पाउने सुचीमा रहेकाहरुलाई दमकमा खोप लगाईने नगरपालिका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले जानकारी दिए ।

खोप शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, दमक नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, राजनीतिक अगुवा शेरबहादुर भट्टराई लगायतले कोरोनाविरूद्धको लडाइमा अग्रभागमा खटिनेहरुलाई खोपमा अग्राधिकार दिएर राज्यले उनीहरु प्रति सम्मान गरेको बताएका थिए ।

झापाको अवस्था
झापामा पहिलो चरणमा २७ हजार जनालाई खोप लगाउनु पर्ने देखिएको छ । तर खोपको सीमितताका कारण ती मध्ये पनि १० हजार जनाले मात्र पहिलो चरणमा खोप पाउने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयका फोकल पर्सन जीवन चौलागाँईका अनुसार बाँकीलाई चरणवद्ध रुपमा खोप लगाईने छ । पहिलो चरणमा खोप पाउनेहरुमा कोरोना महामारी नियन्त्रणका लागि अग्रभागमा खटिने स्वास्थ्यकर्मी, अग्रभागमा खटिएका र खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायत छन् । झापाका सरकारी अस्पतालमार्फत खोप लगाउन सुरू गर्ने तयारी छ ।

पछिल्लो तथ्याङ्क अनुसार झापामा १२६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ४ हजार ५ सय ९३ जना संक्रमित भएको झापामा ४ हजार ३ सय ९५ जना संक्रमणमुक्त भएका छन् । ३५ हजार ९ सय ८४ जनाको पीसीआर परीक्षण गराईएको झापामा ७२ जना सक्रिय संक्रमित आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  २ : २६ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको