लुम्बिनीमा ३९ हजारलाई कोरोनाविरूद्धको खोप लगाइँदै « Khabarhub

लुम्बिनीमा ३९ हजारलाई कोरोनाविरूद्धको खोप लगाइँदै


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– लुम्बिनी प्रदेशमा पनि आजदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिडविरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालकहरुलाई लगाउन थालिएको छ ।

खोप अभियानको आज बिहान लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मुख्यमन्त्री शङ्कर पोखरेलले शुभारम्भ गरेका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो खोप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले लगाएका थिए ।

उनले सर्वसाधारणमा खोपप्रतिको आशङ्का हटाउने सन्देशका लागि आफूले नै पहिलो खोप लगाएको बताए । सो खोपको दोस्रो डोज पुनः २८ दिनपछि लगाइने उनले बताए । डा खनालका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालका अधिकांश स्वास्थ्यकर्मी र सफाइकर्मीलाई यो खोप लगाइने छ ।

अस्पतालका अन्य स्वास्थ्यकर्मीले खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा सरकारले ३९ हजार ४९५ जनाको लागि आठ हजार ७६८ भायल खोप आएको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिए ।

त्यसमध्ये सबैभन्दा बढी रुपन्देहीका लागि ३३ हजार ४२० डोज छुट्याइएको छ । यो खोपको आज एकै दिन प्रदेशअन्तर्गत तराईका छ जिल्लाका आठवटा खोप केन्द्रहरुमा शुभारम्भ गरिएको समेत उनले जानकारी दिए । प्रदेशका पहाडी जिल्लामा भने माघ १७ गतेबाट शुभारम्भ गरिने छ ।

लुम्बिनी प्रदेशअन्तर्गत आज शुरु गरिएका केन्द्रहरुमा रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवा, बाँकेको भेरी अस्पताल नेपालगञ्जमा, दाङको राप्ती प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य जिल्लामा भने सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरुमा केन्द्र तोकेर खोप सेवा शुरु गरिएको डा पौडेलले जानकारी दिए ।

खोपका बारेमा सर्वसाधारणमा रहेको आशङ्का हटाउन नै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई खोप दिइएको समेत उहाँले बताउनुभयो । उहाँले पहिलो खोप लगाएको २८ दिनमा दोस्रो मात्राको खोप लगाउनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशमा मङ्गलबारसम्मको तथ्याङ्कअनुसार २७ हजार १८ जनामा कोरोना सङ्क्रमण देखिएको यसमध्ये २६ हजार १०४ जना निको भएर घर फर्किएका छन् भने हाल ५२९ जना उपचाररत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  २ : ५१ बजे

नर्वेकी एक पत्रकारले मोदीलाई प्रश्न सोध्दा भारतमा खैलाबैला !

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हत्तपत्त देशभित्रका पत्रकारसँग दोहोरो सवाल-जवाफ

मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त

जनकपुरधाम– वर्षौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन

सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को

रुस–चीन ग्यास सम्झौता अनिश्चित, ‘पावर अफ साइबेरिया–२’ परियोजना अलपत्र

बेइजिङ – रुस र चीनबीच बहुचर्चित ‘पावर अफ साइबेरिया–२’ प्राकृतिक