यातायात कार्यालय जनकपुरमा अख्तियारको छापापछि लाइसेन्सको परीक्षा स्थगित « Khabarhub

यातायात कार्यालय जनकपुरमा अख्तियारको छापापछि लाइसेन्सको परीक्षा स्थगित


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– यातायात व्यवस्था कार्यालय जनकपुरधाममा अख्तियारले छापा मारेर कार्यालय सहयोगी र ‘दलाल’लाई पक्राउ गरेपछि लाइसेन्स (चालक अनुमतिपत्र)को परीक्षा स्थगित भएको छ ।

कार्यालयका निमित्त प्रमुख विरेन्द्र साहले सूचना निकालेर ०७७ माघ १४ देखि १६ सम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु स्थगित गरिएको जानकारी दिएका हुन ।

कार्यालयको कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि परीक्षा स्थगित गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यस्तो छ सूचना

मंगलवार साँझ अख्तियार बर्दिबासको टोलीले उक्त कार्यालयमा छापा मारेर घुस रकमसहित कार्यालय सहयोगी भागेन्द्र कापर र दलाल राजकिशोर भगतलाई पक्राउ गरेको थियो ।

अख्तियारका प्रवक्ता मनिराज ज्ञवालीका अनुसार कार्यालय सहयोगीलाई दलालबाट छैठौं तहका कर्मचारी तेजेन्द्र भनिने अनिल गिरीले घुस लिन भनेका थिए ।

कार्यालय सहयोगी २ लाख २३ हजार ८२० रुपैया र दलाल भगत ५० हजार रुपैयाँसहित पक्राउ परे पनि कर्मचारी गिरी फरार भएका छन् । उनी बुधबार कार्यालयमा समेत उपस्थित भएका थएिनन ।

अख्तियारको टोली आएको सुइँको पाउने वित्तिकै उनी भागेको स्रोतले जानकारी दिएको हो ।

अख्तियारले करिब ९ घण्टा लगाएर अप्रेशन सफल पारेको छ । दिउँसो ४ बजे कार्यालयमा प्रवेश गरेको अख्तियारका टोली राति १० बजे फर्केको थियो ।

घुस रकमसहित कार्यालय सहयोगी र दलाललाई अनुसन्धान तथा कारबाहीका लागि अख्यिारको टोलीले बर्दिबास कार्यालय लगेको छ ।

यो पनि पढौँ

यातायात कार्यालय जनकपुरका एक कर्मचारी र ‘दलाल’ ३ लाख घुससहित पक्राउ 

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ६ : ०८ बजे

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत