प्रदेश २ मा ७ सय बढीले लगाए कोरोना विरुद्धको खोप, पहिलो चरणमै मन्त्रीले लगाउँदा आलोचना « Khabarhub

प्रदेश २ मा ७ सय बढीले लगाए कोरोना विरुद्धको खोप, पहिलो चरणमै मन्त्रीले लगाउँदा आलोचना


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ मा कोरोनाविरुद्धको खोप अभियानको पहिलो दिन ७ सय भन्दा बढीले खोप लगाएका छन् ।

बुधबार प्रदेश २ का ९ वटा केन्द्र र १४ वटा वुथबाट ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन ।

स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाका अनुसार अभियानको पहिलो दिन आठ  जिल्लाको अस्पताल र सप्तरीस्थित प्रहरी अस्पतालमा कोरोनाविरुद्धको भ्याक्सिन लगाइएको हो ।

पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीहरुलाई भ्याक्सिन लगाइएको छ।

अभियानको पहिलो दिन सबैभन्दा बढी सप्तरीमा एक सय ४६ जनाले भ्याक्सिन लगाएका छन् भने सबैभन्दा कम रौतहटमा २६ जनालाई लगाइएको छ ।

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ७६ जना र रुपनी प्रादेशिक प्रहरी अस्पतालमा ७० जनाले भ्याक्सिन लगाएका छन् ।

सर्लाहीमा एक सय २९ जना, पर्सामा एक सय १३, सिरहामा एक सय १०, धनुषामा एक सय २, बारामा ७० र महोत्तरीमा ३७ जनाले भ्याक्सिन लगाएको निमित्त निर्देशक झाले बताए ।

मन्त्रीले खोप लगाउँदा आलोचना

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकासमन्त्री नवल किशोर साहले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालबाट अभियानको शुभारम्भ गरेका थिए ।

मन्त्रीहरुले पहिलो चरणमै कोरोना खोप लगाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सफाईकर्मीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने  मापदण्ड तयार पारेको थियो ।

तर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सो मापदण्ड विपरित आफै पहिलो खोप लगाएको भन्दै समाजिक सञ्जालमा आलोचना भएको हो ।

मन्त्री यादवले कोरोनाबिरुद्धको खोप कोभिडशिल्डलाई लिएर विभिन्न अफवाहहरु रहेकोले खोप सुरक्षित छ भन्ने सन्देश दिन आफूले पहिले खोप लगाएको जनाएका छ ।

उनले खोप लगाउने ‘फ्रन्टलाइनर’हरुको मनोवल बढाउन आफूले पहिलो खोप लगाएको बताए ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ६ : ५७ बजे

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता

दुई अर्ब ३१ करोड राजस्व संकलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिरहरु)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो