प्रदेश २ मा ७ सय बढीले लगाए कोरोना विरुद्धको खोप, पहिलो चरणमै मन्त्रीले लगाउँदा आलोचना | Khabarhub Khabarhub

प्रदेश २ मा ७ सय बढीले लगाए कोरोना विरुद्धको खोप, पहिलो चरणमै मन्त्रीले लगाउँदा आलोचना


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ मा कोरोनाविरुद्धको खोप अभियानको पहिलो दिन ७ सय भन्दा बढीले खोप लगाएका छन् ।

बुधबार प्रदेश २ का ९ वटा केन्द्र र १४ वटा वुथबाट ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन ।

स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाका अनुसार अभियानको पहिलो दिन आठ  जिल्लाको अस्पताल र सप्तरीस्थित प्रहरी अस्पतालमा कोरोनाविरुद्धको भ्याक्सिन लगाइएको हो ।

पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीहरुलाई भ्याक्सिन लगाइएको छ।

अभियानको पहिलो दिन सबैभन्दा बढी सप्तरीमा एक सय ४६ जनाले भ्याक्सिन लगाएका छन् भने सबैभन्दा कम रौतहटमा २६ जनालाई लगाइएको छ ।

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ७६ जना र रुपनी प्रादेशिक प्रहरी अस्पतालमा ७० जनाले भ्याक्सिन लगाएका छन् ।

सर्लाहीमा एक सय २९ जना, पर्सामा एक सय १३, सिरहामा एक सय १०, धनुषामा एक सय २, बारामा ७० र महोत्तरीमा ३७ जनाले भ्याक्सिन लगाएको निमित्त निर्देशक झाले बताए ।

मन्त्रीले खोप लगाउँदा आलोचना

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकासमन्त्री नवल किशोर साहले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालबाट अभियानको शुभारम्भ गरेका थिए ।

मन्त्रीहरुले पहिलो चरणमै कोरोना खोप लगाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सफाईकर्मीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने  मापदण्ड तयार पारेको थियो ।

तर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सो मापदण्ड विपरित आफै पहिलो खोप लगाएको भन्दै समाजिक सञ्जालमा आलोचना भएको हो ।

मन्त्री यादवले कोरोनाबिरुद्धको खोप कोभिडशिल्डलाई लिएर विभिन्न अफवाहहरु रहेकोले खोप सुरक्षित छ भन्ने सन्देश दिन आफूले पहिले खोप लगाएको जनाएका छ ।

उनले खोप लगाउने ‘फ्रन्टलाइनर’हरुको मनोवल बढाउन आफूले पहिलो खोप लगाएको बताए ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ६ : ५७ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको