काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा सञ्चालित कोभिड–१९ खोप केन्द्रको अवलोकन गरेका छन् ।
उनले कोभिड विरुद्धको खोप सेवा प्रवाह र गतिविधिबारे अवलोकन गरेका हुन ।
सो अवसरमा उक्त अस्पताल तथा अन्य सैनिक अस्पतालमा कार्यरत अग्रपङ्क्तितामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी लगायतलाई खोप लगाउने कार्यको शुभारम्भ गरिएको हो ।
पहिलो चरणमा करीब १० दिनसम्म खोप लगाउने योजनाअनुरुप केन्द्रमा आज १४० र उपत्यका बाहिरका सैनिक अस्पतालमा ३७ जना गरी जम्मा १७७ स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीलाई खोप लगाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया