भ्रष्टाचार आरोपमा किर्गिजस्तानका पूर्वप्रधानमन्त्री पक्राउ « Khabarhub

भ्रष्टाचार आरोपमा किर्गिजस्तानका पूर्वप्रधानमन्त्री पक्राउ


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्केक- किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई प्रहरीले पक्राउ गरेको छ।

भ्रष्टाचार सम्बन्धी अभियोगमा छानबिनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले भ्रष्टाचार गरेका केही प्रमाण भेटिएका र अनुसन्धानको सिलसिला चलिरहेकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका बेला अब्यल्गाजीभले कानून उलंल्घन गरेको, स्रोत र शक्तिको दुरुपयोग गरेको, राज्यलाई नोक्सान पारेको लगायत आरोप उनलाई लगाइएको छ।

खनिज स्रोत उपयोग र परिचालनसम्बन्धी निर्णयमा उनले अनियमितता गरेको भन्दै उनीसहित सरोकारवालालाई पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।

पूर्वप्रधानमन्त्री अब्यल्गाजीभको वैधानिक रुपमा देखिने आम्दानीभन्दा कैयौँ गुणा धेरै आम्दानी देखिएकाले पनि शंका गर्ने आधार बढेको प्रहरी अधिकारीहरुले बताएका छन्।

देशभरि नै उनको धेरै सम्पत्ति भेटिएको र त्यसको आम्दानीको स्रोत र आधार विश्वासिलो नभएको पाइएको छ।

उनी किर्गिजस्तानको प्रधानमन्त्रीको रुपमा सन् २०१८ को अप्रिल २० तारिखका दिन नियुक्त भएका थिए। उनले झण्डै दुई वर्षपछि अर्थात् गत सन् २०२० को जुन १५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : ४० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु