मुलुकभर पहिलो दिन नौ हजारले लगाए कोरोना विरुद्धको खोप « Khabarhub

मुलुकभर पहिलो दिन नौ हजारले लगाए कोरोना विरुद्धको खोप


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजार बढीले लगाएका छन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिए ।

भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

प्रवक्ता प्रा डा गौतमका अनुसार प्रदेश नं १ मा १ हजार २५५ जना, प्रदेश नं २ मा ७२६ जना, वाग्मती प्रदेशमा २ हजार ६९४ जना, गण्डकी प्रदेशमा १ हजार ८४३ जना, लुम्बिनी प्रदेशमा ७३३ जना, कर्णाली प्रदेशमा ७५१ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएका छन् ।

सरकारले चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ ।

यही माघ ८ गते भारत सरकारले १० लाख मात्रा खोप नेपाललाई अनुदानमा दिएको थियो ।

खोप अभियान शुभारम्भमा सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको प्रवक्ता गौतमले बताए ।

काठमाडौँमा खोप केन्द्र रहेका अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अनुगमन गरेका थिए ।

उनीहरुले त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अनुगमन गरी खोप लगाउने व्यक्ति र सेवा प्रदायकलाई हौसला दिएको मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले बताए ।

यस्तै मन्त्री त्रिपाठीले वीर अस्पताल, सिभिल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा रहेको खोप केन्द्रको अनुगमन गरेका थिए ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : २९ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।