कतारमा एक दशकमा १ हजार ६४१ नेपालीको मृत्यु « Khabarhub

कतारमा एक दशकमा १ हजार ६४१ नेपालीको मृत्यु



दोहा- रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मानिएको कतारमा पछिल्लो एक दशकमा १ हजार  ६४१ नेपाली श्रमिकको मृत्यु भएको छ ।

विभिन्न समयमा रोजगारीका लागि कतार पुगेका नेपाली श्रमिकहरूमध्ये पछिल्लो दश वर्षमा १ हजार ६ सय ४१ जनाको ज्यान गएको बेलायती सञ्चार माध्यम ‘द गार्जियन’ले जनाएको छ ।

कतारले २०२२ मा आयोजना गर्न लागेको विश्वकप फुटवल प्रतियोगिताका लागि रंगशाला निर्माणको काम थालिए यता मृत्यु हुने आप्रवासी श्रमिकको संख्या बढेको गार्जियनले जनाएको छ ।

सन् २०११ देखि २०२० को बीचमा ६ हजार ५ सय भन्दा बढी आप्रवासी श्रमिकको मृत्यु भैसकेको उक्त पत्रिकाले जनाएको छ ।

हरेक हप्ता कतारमा १२ जना आप्रवासी श्रमिकको मृत्यु हुने गरेको पनि समाचारमा जनाएको छ । मृत्यु हुने आप्रवासी श्रमिकहरुमध्ये सबैभन्दा बढी भारतका छन् ।

उक्त अवधिमा २ हजार ७११ भारतीय नागरिकको पनि मृत्यु भएको छ । यसैगरी बंगलादेशका १ हजार १८ जना, पाकिस्तानका ८२४ र श्रीलङ्काका ५५७ श्रमिकको पनि मृत्यु भएको जनाएको छ ।

मृत्यु हुने नेपालीमध्ये ४८ प्रतिशत प्राकृतिक मृत्यु भएको, १६ प्रतिशतको सडकमा दुर्घटना,१० प्रतिशतको काम गर्ने ठाउँमा दुर्घटनामा र ९ प्रतिशतको रोग, रक्तस्राव, मृगौला फेल भएको करण मृत्यु भएको छ ।

यस्तै १० प्रतिशतको सुसाइड, १ प्रतिशतको हत्या भएका करण मृत्यु भएको छ भने बाँकी ७ प्रतिशतको मृत्युको कारण पत्ता लाग्न नसकेको जनाएको छ ।

कतारले पछिल्लो एक दशकदेखि अर्को वर्ष कतारमा विश्वकप फुटवल प्रतियोगितालाई लक्षित गर्दै रंगशालाहरु, सडक, सार्वजनिक यातायातको निर्माण गरिरहेको छ । कतारमा ठूलो सङ्ख्यामा नेपाली श्रमिक निर्माण क्षेत्रमा कार्यरत रहेका छन्।

कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत रहेको तथ्यांङ्क कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १० : ४० बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा