राजश्व छलीका तीन गाडी समान पक्राउ « Khabarhub

राजश्व छलीका तीन गाडी समान पक्राउ


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– राजश्व छलिका अनेक उपाय हुन्छन् । भारतसहितका अन्य मूलुकबाट ठूलो परिमाणमा समान ल्याउने तर थोरैको मात्र राजश्व बुझाउने शैली पुरानै हो ।

न्यून परिमाणको समानको राजश्व दाखिला गर्ने र सोही बिल–बिजक तथा कागजातका आधारमा ठुलो परिमाणमा समान भित्र्याएर लाखौं रुपैयाँ राजश्व छलिका घटना पटक पटक देखिने गरेका छन् ।

त्यहि उपाय अपनाएर पूर्वी नाका झापाको भद्रपुरबाट ल्याईदै गरेका तीन गाडी समान प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको पश्चिम बंगाल र बिहार राज्यसँग जोडिएको नाकाबाट ल्याईदै गरेका मोवाईलमा प्रयोग हुने सामाग्री प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भन्सार कार्यालय भद्रपुर प्रबेश गरी रुजु गरी निस्केका मे. १ ज १८२१, प्र.–१–०१–००१–ज ३४७६ र मे १ ज. २२१८ नम्बरको पिकअपमा ल्याईदै गरेको मोवाईलको सेफ्टी ग्लासको थोरै मात्र राजश्व बुझाईएको र ठूलो परिमाणमा समान ल्याईएको अवस्थामा नियन्त्रणमा लिईएको हो ।

बरामद गरिएको समान २८६ कार्टुन अर्थात ५ हजार १ सय ९९ केजी रहेको छ । जसमा ४ लाख २९ हजार २ सय ७२ थान सेफ्टी ग्लास रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

ती समान भद्रपुर १० का मनोजकुमार श्रेष्ठले भित्र्याएको प्रहरीले जनाएको छ । समान, समानधनी तथा सवारी साधन नियन्त्रणमा लिई भन्सार चोरी पैठारी शीर्षकमा उच्च अदालत इलाममा मुद्दा दर्ता भएको र अदालतबाट १५ दिनको म्याद थप भई अनुसन्धान भई रहेको प्रवक्ता थापाले बताए ।

राजश्व अनुसन्धान कार्यालय ईटहरीले त्यस बारेमा थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १२ : ३० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्