राजश्व छलीका तीन गाडी समान पक्राउ | Khabarhub Khabarhub

राजश्व छलीका तीन गाडी समान पक्राउ


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– राजश्व छलिका अनेक उपाय हुन्छन् । भारतसहितका अन्य मूलुकबाट ठूलो परिमाणमा समान ल्याउने तर थोरैको मात्र राजश्व बुझाउने शैली पुरानै हो ।

न्यून परिमाणको समानको राजश्व दाखिला गर्ने र सोही बिल–बिजक तथा कागजातका आधारमा ठुलो परिमाणमा समान भित्र्याएर लाखौं रुपैयाँ राजश्व छलिका घटना पटक पटक देखिने गरेका छन् ।

त्यहि उपाय अपनाएर पूर्वी नाका झापाको भद्रपुरबाट ल्याईदै गरेका तीन गाडी समान प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको पश्चिम बंगाल र बिहार राज्यसँग जोडिएको नाकाबाट ल्याईदै गरेका मोवाईलमा प्रयोग हुने सामाग्री प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भन्सार कार्यालय भद्रपुर प्रबेश गरी रुजु गरी निस्केका मे. १ ज १८२१, प्र.–१–०१–००१–ज ३४७६ र मे १ ज. २२१८ नम्बरको पिकअपमा ल्याईदै गरेको मोवाईलको सेफ्टी ग्लासको थोरै मात्र राजश्व बुझाईएको र ठूलो परिमाणमा समान ल्याईएको अवस्थामा नियन्त्रणमा लिईएको हो ।

बरामद गरिएको समान २८६ कार्टुन अर्थात ५ हजार १ सय ९९ केजी रहेको छ । जसमा ४ लाख २९ हजार २ सय ७२ थान सेफ्टी ग्लास रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

ती समान भद्रपुर १० का मनोजकुमार श्रेष्ठले भित्र्याएको प्रहरीले जनाएको छ । समान, समानधनी तथा सवारी साधन नियन्त्रणमा लिई भन्सार चोरी पैठारी शीर्षकमा उच्च अदालत इलाममा मुद्दा दर्ता भएको र अदालतबाट १५ दिनको म्याद थप भई अनुसन्धान भई रहेको प्रवक्ता थापाले बताए ।

राजश्व अनुसन्धान कार्यालय ईटहरीले त्यस बारेमा थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १२ : ३० बजे

स्पेनिस ला लिगा : रियलको जितमा ज्याकोबो र एम्बाप्पेको गोल

काठमाडौं – स्पेनिस ला लिगाको बुधबार राति भएको खेलमा रियल

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गते बोलाउन सिफारिस

पोखरा– गण्डकी प्रदेश सरकारले प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन यही जेठ

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

टर्कीमा वार्ता गर्दै रुस र युक्रेन : पुटिन उपस्थित नहुने

इस्तानबुल – युक्रेन र रुसबीच बिहीबार शान्ति वार्ता हुँदैछ। युक्रेनी

म्याग्दीको ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा मासिए

म्याग्दी– विगत तीन दशकयता म्याग्दीको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा