रुसमा एकैदिनमा साढे ११ हजार सङ्क्रमित « Khabarhub

रुसमा एकैदिनमा साढे ११ हजार सङ्क्रमित


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसमा कोरोनभाइरसबाट थप ११ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५३४ जना सङ्क्रमित भएका हुन् ।

यो सङ्ख्या अघिल्लो दिनको भन्दा बढी हो । अघिल्लो दिन ११ हजार ८७ जना सङ्क्रमित भएको तथ्याङ्क छ ।

योसँगै रुसमा शनिबारसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४२ लाख ३४ हजार ७२० पुगेको अधिकारीहरुले जनाएका छन् ।नयाँ सङ्क्रमित मध्ये राजधानी मस्कोमा मात्रै एक हजार ८२५ जना रहेका छन् ।

मस्कोमा अघिल्लो दिन त्योभन्दा थोरै अर्थात एक हजार ३३६ जना सङ्क्रमित भएका थिए । मस्कोपछिको धेरै सेन्ट पिटर्सवर्गमा सङ्क्रमित भेटिएका छन् ।

त्यहाँ ९५१ जना सङ्क्रमित भएको तथ्याङ्कमा उल्लेख छ । रुसमा कोरोनाभाइरसका कारण अहिलेसम्म ८५ हजार ७४३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

–एएनआई

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ११ : ०० बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल