लिफ्टबाट पानी वितरण गरिने « Khabarhub

लिफ्टबाट पानी वितरण गरिने


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकवासीलाई लिफ्ट खानेपानी आयोजनाबाट पानी वितरण गरिने भएको छ ।

साँगाचोकमा सञ्चालित आयोजनाको पानी आगामी वैशाखदेखि उपभोक्तालाई उपलब्ध गराउने गरी काम भइरहेको जनाइएको छ ।

कूल रु १८ करोड लागतमा निर्माण भइरहेको आयोजनाबाट गत असारमा सम्पन्न गर्ने गरी दुई वर्षको अवधि तोकी ठेक्का सम्झौता भए पनि कोभिड–१९ महामारीका कारण १० महिनापछि सरेको हो ।

वैशाखमा उपभोक्ताको घरघरमा पानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले बताए ।

उक्त आयोजनाबाट चौतारा साँगाचोकगढी नगरपालिका–१०, ११ र १२ का कूल दुई हजार २२२ घरपरिवारले निजी धारा जडान गरी स्वच्छ पानी उपभोग गर्न पाउनेछन् ।

विसं २०७२ को भूकम्पले साविकको मुहान सुकेपछि खानेपानीको चरम अभाव भोगिरहेका स्थगानीयवासीले गाउँभन्दा तल पर्ने जादेखोला टुनीबोट मुहानबाट पानी ल्याउने योजना शुरु गरिएको थियो ।

मुहानको पानीलाई एकैपटक माथि तान्न सम्भव नभएपछि बीचमा इन्टेक बनाई चार तहबाट पानी तानेर त्यहाँदेखि एक किलोमिटरको विद्युत् शक्तिबाट प्रतिसेकेण्ड १० लिटर पानी सङ्कलन गरिनेछ ।

त्यसरी सङ्कलित पानीलाई शुद्धीकरणका लागि प्रशोधन केन्द्रमार्फत ५० देखि दुई लाख लिटर क्षमताका १४ वटा ट्याङ्कीद्वारा वितरण गरिने छ । पानी तान्नका लागि ५० र १०० केभीएको चार ट्रान्सफर्मर जडान गरिएको छ ।

उक्त आयोजनाका लागि मूल्य अभिवृद्धिकर (भ्याट) बाहेक रु १५ करोड ६८ लाखमा विसं २०७५ असारमा सगरमाथा कन्स्ट्रक्शन कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

पटक–पटक गरी १५ प्रतिशत भेरिएशन अडरबाट झण्डै रु साढे दुई करोड थप भई कूल लागत रु १८ करोड पुग्न गएको अध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १० : ४५ बजे

रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

दमौली– विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई

तीन ऐन संशोधन गर्न बनेका विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं- सरकारले तीन वटा ऐन संशोधन गर्न बनेका विधेयक संघीय

पुरातत्वका पूर्वइन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६४ करोडको ठेक्कामा सवा ४ करोड घुस

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल