काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु « Khabarhub

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चौथो ‘नेपाल–बङ्गलादेश युवा सम्मेलन’ आजदेखि काठमाडौँमा शुरु भएको छ ।

कोभिड–१९ का कारण प्रभावित हुँदै आएको सम्मेलन रोगको सङ्क्रमण घटेसँगै आयोजना गरिएको कार्यक्रम संयोजक अभिनव चौधरीले जानकारी दिए ।

दुईदिने सम्मेलनको आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले उद्घाटन गरे ।

उक्त समारोहमा मन्त्री तुम्बाहाङ्फेले यसरी दुई मुलुकका युवाबीच अनुभव आदान–प्रदान हुँदा आपसी सम्बन्ध विस्तार, संस्कृति हस्तान्तरण र विकास साझेदारमा टेवा पुग्ने बताए ।

आर्थिक समृद्धि र विकासका निम्ति युवाको भूमिका अहम हुने र त्यस्ता अनुभवी युवाले मुलुकको प्रतिनिधित्वसमेत गर्न सक्ने भएकाले पनि विश्वको अनुभव युवाले सिक्नु जरुरी रहेको उनले बताए ।

मुलुकलाई प्रगतिउन्मुख गराउन यस्ताखाले कार्यक्रमले टेवा पुग्ने हुँदा कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा उनको जोड थियो ।

उनले नेपालको संविधान र कानूनमा नै युवाको भूमिकालाई व्यवस्थित गरिएको र युवालाई अघि बढाउन छुट्टै मन्त्रालयसमेत गठन गरिएको जानकारी दिए । उनले देश–देशबीच व्यापारिक सम्बन्ध गाँस्न पनि युवाको भूमिका ठूलो हुने बताए ।

उक्त समारोहमा नेपालस्थित बङ्गलादेशी राजदूत सलाहउद्दिन नोमन चौधरीले यस्ता खाले कार्यक्रममार्फत युवाबीच अनुभव साटासाट हुँदा दुवै देशको व्यापार विस्तार र समग्र विकासमा नै टेवा पुग्ने बताए ।

दिगो विकास लक्ष्य, जलवायु परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मेलन केन्द्रित रहेको कार्यक्रम संयोजक चौधरीले जानकारी दिए ।

उनले कोभिड–१९ को प्रभाव शून्य रहेको सन्देश प्रवाह गर्न कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । विश्वका युवाबीच अनुभव आदान–प्रदान हुँदा सम्बन्धित राष्ट्रको विकासमा उनीहरूले ठूलो भूमिका खेल्नसक्ने बताए ।

युवा विकास केन्द्र र साउथ एशिया पार्टनरसीप (साप) नेपालको आयोजना तथा बङ्गलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा शुरु सम्मेलनमा आज जलवायु परिवर्तनसम्बन्धी पर्वतारोही अनिश लुइँटेल र लालमणि वाग्लेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने बङ्गलादेशको प्रकोप व्यवस्थापनका विषयमा ढाका विश्वविद्यालयका महबुब आलमले प्रस्तुतीकरण दिएका थिए ।

सम्मेलनमा दुवै देशको व्यापार र सम्बन्ध विस्तार तथा कोभिडपछिको अवस्थामा जनस्वास्थ्यमा युवाबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भइरहेको छ । सम्मेलनको उद्घाटनसत्र पछि आज दुवै देशका कलाकारबीच लोक संस्कृति प्रस्तुत गरेका थियो ।

यसअघि पहिलो र तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो । दोस्रो पूर्वी नेपालको इटहरीमा भएको थियो । यसपालि बङ्गलादेशमा गर्ने भनिए पनि सम्भव नभएपछि नेपालमा आयोजना गरिएको हो ।

पाँचौँ संस्करण भने बङ्गलादेशमा विसं २०७८ को शुरुआतमै हुने जनाइएको छ । बङ्गलादेशी सुमाया तहमिद जाफ्ररिनको संयोजकत्वमा २५ सदस्यीय युवा टोली सहभागी छ । नेपालका विभिन्न जिल्लाबाट ४० युवाले सम्मेलनमा सहभागिता जनाएका छन् । सम्मेलन आइतबार पनि चल्ने छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १० : १५ बजे

रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

दमौली– विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई

तीन ऐन संशोधन गर्न बनेका विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं- सरकारले तीन वटा ऐन संशोधन गर्न बनेका विधेयक संघीय

पुरातत्वका पूर्वइन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६४ करोडको ठेक्कामा सवा ४ करोड घुस

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल