आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ : प्रचण्ड « Khabarhub

आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ : प्रचण्ड


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्गीय धरातल बिर्सेर आफूलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिस्ट पार्टीका लागि घातक भएको बताएका छन् ।

पार्टी सम्वद्ध शिक्षकको राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले आफू जन्मिएको धरातल बिर्सेर गलत काम गर्दै हिँड्ने र आफू नै सर्वेसर्वा भएको ठान्ने प्रवृत्ति सबैभन्दा घातक रहेको बताए ।

“पार्टीभित्रैबाट वर्गउत्थान भएका केही नेताहरू जो विपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन् र उनीहरूको प्रलोभनमा फस्छन् र उनीहरूका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन्”, उनले भने, “आफू जहाँबाट जन्मिएको हो, त्यो धर्ती उनीहरूले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाइँ गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधिजस्तो ठान्न पुग्छन् ।”

कम्युनिष्ट पार्टीकै नेतृत्वमा बनेको संविधान र त्यसको मर्ममाथि कम्युनिस्ट पार्टीकै अध्यक्ष एवं प्रधानमन्त्रीबाट प्रहार हुनु नै सबैभन्दा दुःखद् रहेको उनको भनाइ छ । अध्यक्ष दाहालले सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर प्रधानमन्त्री लागेको आरोप लगाए ।

सोही अवसरमा नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना भए पनि पूरै लडाइँ जित्न बाँकी रहेको बताए । उनले गलत प्रवृत्तिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ८ : २८ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्