बेलायती पाठ्यक्रममा ‘मुन्नी बदनाम हुई’ « Khabarhub

बेलायती पाठ्यक्रममा ‘मुन्नी बदनाम हुई’


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– विद्यालयका लागि शुक्रबारबाट इंग्ल्याण्डमा सुरु गरिएको नयाँ संगीतको पाठ्यक्रममा भारतीय शास्त्रीय संगीत, बलिउडका हिट र भाँगडा बिट समेटिएको छ । यहाँको शिक्षा विभागले इंग्ल्याण्डका सबै विद्यालयमा यो योजना लागु गरिएको उल्लेख गरेको छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार धेरै भन्दा धेरै युवाहरुलाई संस्कृतिको माध्यमबाट संगीतको बारेमा जानकारी दिने अवसरका रुपमा यसलाई प्रस्तुत गरिएको छ ।

पाठ्यक्रममा किशोरी अमोनकरको ‘सहेली रे’, अनुष्का शंकरको ‘इण्डियन समर’, ए आर रहमानको ‘जय हो’ र बलिउड बक्सअफिस हिट गीत ‘मुन्नी बदनाम हुई’ समेटिएको छ ।

निर्देशिकामा आधुनिक ब्रिटिश पहिचान समृद्ध र विविधतापूर्ण रहेको स्वीकार्न उल्लेख छ । फिल्म ‘दबंग’मा समेटिएको गीत ‘मुन्नी बदनाम हुई’लाई गीतमा संगीत, नृत्य र रंगीन दृश्यमा बलिउड फिल्मको कैयौं विशेषता समेटिएको पाठ्यक्रममा उल्लेख छ ।

शिक्षा विभागले पाठ्यक्रम १५ संगीत शिक्षा विशेषज्ञ, शिक्षक र संगीतकारको समितिले तयार पारेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ११ : ४० बजे

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म