पुरुषको गुप्तांगमा ५९ फिट लामो किरा ! « Khabarhub

पुरुषको गुप्तांगमा ५९ फिट लामो किरा !


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६७ वर्षका एक पुरुषको गुप्तांगबाट ५९ फिट लामो किरा फेला परेको छ ।

उक्त किरा शल्यक्रिया गरी निकालिएको छ । ती व्यक्तिलाई पहिले पेट दुख्ने समस्या भएको थियो ।

जाँचमा उनको गुप्तांगमा यति लामो परजीवित भएको पाइएपछि डाक्टरहरुले शल्यक्रिया गरेर यसलाई बाहिर निकालेका छन् । यो अनौठो केस देखेर डाक्टरहरु पनि चकित परेका छन् । घटना थाइल्याण्डको नोंगखाइ प्रान्तको हो ।

द सनको रिपोर्टअनुसार यी व्यक्तिलाई लामो समयदेखि पेट दुख्ने समस्या थियो । उनले अस्पताल गएर जाँच गराउँदा यस्तो नतिजा निस्कियो जसको कसैले अपेक्षा गरेका थिएनन् । थाइल्याण्डको नोंगखाइ प्रान्तको प्यारासिटिक डिजिज रिसर्च सेन्टरमा ती व्यक्तिले जाँच गराएका थिए । जाँचमा ती व्यक्तिको गुप्तांगमा परजीवि भएको पाइयो ।

रिसर्च सेन्टरका प्रवक्ताका अनुसार १८ मिटरभन्दा लामो परजीवि पाइएको हो । डाक्टरहरुका अनुसार यो परजीवि काँचो मासु खाँदा पेटमा पुग्छ । यो परजीवि ३० वर्षभन्दा धेरै समयसम्म मानिसभित्र रहन सक्छ । यद्यपि अहिले यिनीहरु धेरै लामो समयसम्म जीवित रहँदैनन् किनकि अहिले पहिलेको तुलनामा राम्रो औषधि उपलब्ध छ ।

अहिले निकालिएको परजीविको लम्बाइ ५९ फिट बताइएको छ । यसलाई निकाल्न डाक्टरहरुलाई निकै समय लाग्यो । पहिले बिरामीलाई जाँचपछि औषधि दिइयो । त्यसपछि यसलाई पछाडिको बाटोबाट बाहिर निकालियो ।

चिकित्सकका अनुसार यो धेरै लामो भएकोले निकाल्न समय लाग्यो । अहिले बिरामीको स्थिति सुधार भएको बताइएको छ । उनलाई खानपिनका विषयमा सल्लाह दिइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ४५ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका