शोक प्रस्ताव पारित, तीन दिन झण्डा झुकाइने « Khabarhub

शोक प्रस्ताव पारित, तीन दिन झण्डा झुकाइने


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले यही चैत १५, १६ र १७ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र ती दिनमा शोकका कार्यक्रमहरुबाहेक पार्टीका अरू औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नेता जोशीको स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा १३ औँ पुण्य तिथिमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्वउपप्रमुख, संविधानसभा सदस्य जोशीको शुक्रबार उपचारका क्रममा निधन भएको हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्ष गरेका उनको आजै अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ३६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको