संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गर्छु : सभामुख सापकोटा | Khabarhub Khabarhub

संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गर्छु : सभामुख सापकोटा


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि भगीरथ प्रयत्न गरिने बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संसद्लाई जीवन्त बनाउन आफ्नो ब्रह्मले निर्णय गर्ने बताए । “त्यो निर्णयलाई इतिहासले मूल्याङ्कन गर्नेछ, जनताका लागि जनप्रतिनिधि सबैभन्दा नजिकको हुन्छ, जीवनसाथीभन्दा जनप्रतिनिधिमाथि विश्वास गरिएको हुनाले त्यसैअनुरुप भूमिका निर्वाह गर्न प्रयत्न गर्नेछु”, सभामुख सापकोटाले भने ।

समस्या, चुनौती, वादविवाद, बहस हुँदै समाधानमा जाने भएकाले अहिले त्यही मार्गमा जान लागेको उनले सुनाए । समाजले संसदीय मामिलामा अनुसन्धानात्मक पत्रकारिता गर्ने विश्वास पनि सभामुख सापकोटाको छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले संसदीय पत्रकारको भूमिका अध्ययन, अनुसन्धान र अभिलेखीकरणमा हुनुपर्ने बताए । विधेयकलगायत संसद्का काम एवं गतिविधिलाई समाजको विषयका रुपमा जनतासमक्ष लैजान महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

समाजका संस्थापक अध्यक्ष हरिबहादुर थापाले नेपालमा संसदीय अभ्यास शुरु भएको ३० वर्ष पूरा भए पनि संसदीय पत्रकारितामा पूर्णता आउन नसकेकाले यसतर्फ समाजको ध्यान जानुपर्ने बताए । संसदीय पद्धतिलाई परिष्कृत गराउन पत्रकारको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । समाजका अध्यक्ष नारायण काफ्लेले विसं २०५८ देखि संस्था पत्रकारिता क्षेत्रमा क्रियाशील रहेको बताए ।

कार्यक्रममा समाजले प्रकाशन गरेको पुस्तक ‘हाम्रा माननीय’ को सभामुख सापकोटाले विमोचन गरे । पुस्तकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको परिचयसहित यसअघि आबद्धता भएका संस्था एवं पेशाका विषयमा प्रकाश पारिएको छ । समाजको दुईवर्षे कार्यकालका लागि आजै निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ६ : ३० बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका