महन्थ ठाकुरको प्रश्न : ओली सरकारलाई समर्थन गरिरहेको माओवादीले हामीलाई दोष दिन मिल्छ ? (भिडियोसहित) « Khabarhub

महन्थ ठाकुरको प्रश्न : ओली सरकारलाई समर्थन गरिरहेको माओवादीले हामीलाई दोष दिन मिल्छ ? (भिडियोसहित)


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले नेकपाभित्रको आन्तरिक लडाईंले देशमा संकट आएको बताएका छन् । आज बृहत् नागरिक आन्दोलनले गरेको कार्यक्रममा बोल्दै नेता ठाकुरले नेकपाभित्रको आन्तरिक लडाईंका कारण मुलुक संकटमा परेको बताएका हुन् ।

उनले अहिले नयाँ सरकार निर्माणमा जसपा मुख्य भूमिकामा छ भनिए पनि मुलुक संकटमा परेका बेला आफूहरुको खोजी भएको बताए । ‘मुलुकमा संकट आउँदा मात्रै हाम्रो जरुरत पर्छ । अरुबेला हाम्रो खोजी हुँदैन,’ उनले भने । नेता ठाकुरले ओली सरकारमा भएका कारण आफूहरूले अहिले ओलीसँग वार्ता गरिरहेको भए पनि प्रचण्डले जस्तो ओली सरकारलाई समर्थन नगरेको बताए ।

उनले सरकारमै ओली भएका कारण उनीसँग मधेस र मधेशी जनताको माग पूरा गर्न वार्ता भइरहेको बताए । ‘ओलीलाई समर्थन तपाईंहरू (प्रचण्ड)ले गर्नुभएको छ, आरोप हामीमाथि ?’, ठाकुरले प्रश्न गर्दै भने, ‘हामीले त मधेस र मधेशी जनताको माग पूरा गर्न प्रधानमन्त्रीसँग वार्ता गरिरहेका छौं । हामीले प्रधानमन्त्रीलाई समर्थन गरेका छैनौँ, विरोध पनि गरेका छैनौँ । ’

नेता ठाकुरले आफूहरूले उठाएको माग सम्बोधनका लागि जसले सम्झौता गर्छ उसलाई सहयोग गर्ने पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री ओलीले आफूहरूको माग पूरा गरिदिने बताएको पनि जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले हाम्रो माग पूरा गर्छु भन्नु भएको छ । तर हामी लिखित रुपमा सम्झौता भयो भने मात्र विश्वास गर्छौं ।’

अहिलेको परिस्थितिप्रति कांग्रेस सभापति शेरबहादुर देउवा गम्भीर नभएको उनको आरोप छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ५ : ५८ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ