आज २०७७ वैशाख १४ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०७७ वैशाख १४ गते मंगलबारको राशिफल


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ वैशाख १४ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष

उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

बृष

आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।

मिथुन

महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कर्कट

पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।

सिंह

नयाँ अवसर आउन सक्नेछन् । रमणीय यात्राको योग छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रेष्ठकर हुने योग छ ।

कन्या

शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन् ।

तुला

बोलीको प्रभाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक  क्षेत्र सफल हुनेछ ।

बृश्चिक

उपहार प्राप्त होला ।बादबिवादमा तपाईँकै जित होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ ।

धनु

अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

मकर

आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ ।  आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् ।

कुम्भ

मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस्थाबाट सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ । आज रमणीय र सुखद् यात्राको योग छ ।

मीन

आज मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : ३८ बजे

डाक्टरको आन्दोलनले बिरामीलाई सास्ती (तस्बिरहरू)

काठमाडौं– उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति

हर्क साम्पाङ मात्र होइनन् श्रमअभियान्ता, राराका मेयर विष्णु भामले ढुङ्गा बोकेरै सम्पन्न गरे ७४ योजना

सुर्खेत – धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ जस्तै मुगुस्थित छायाँनाथ

ट्रम्प र नेतन्याहूबीच वार्ता हुँदै, इजरायल–हमास सम्झौता हुने आशा

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

च्युरीबोटमा केन्द्रीय प्रसारण लाइनको बिजुली

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा विद्युतीकरण भएको छ ।  नेपाल

कांग्रेस बैठकमा नेताहरूले उठाएका तीन ‘स’

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ