भारतमा मेडिकल सामग्री पठाउँदै डब्ल्युएचओ « Khabarhub

भारतमा मेडिकल सामग्री पठाउँदै डब्ल्युएचओ


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतमा मेडिकल सामग्री पठाउने भएको छ ।

कोरोना भाइरसको संक्रमणले अतिप्रभावित भएको भारतमा महत्वपुर्ण मेडिकल सामग्री पठाउन लागिएको डब्ल्युएचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले बताएका छन् ।

अक्सिजन, मोबाइल अस्पताल र ल्याबहरुको व्यवस्थापनमा ध्यान केन्द्रित गरेर आफूहरुले काम गरेको उनले बताएका छन् ।

कोरोनाको नयाँ भेरियन्टका कारण सङ्क्रमित बढेसँगै भारतका विभिन्न अस्पतालमा अक्सिजनको अभाव भइरहेको छ भने शैय्या पाउन मुस्किल हुँदा कयौँ संक्रमितको मृत्यु भइरहेको छ ।

मेडिकल सामग्रीको अभाव हुन थालेपछि अमेरिकासहित युरोपियन मुलुकहरूले पनि भारतमा मेडिकल सामग्री आपूर्तिको घोषणा गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : २५ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ