लेष्टर सिटीको पुनरागमन जित | Khabarhub Khabarhub

लेष्टर सिटीको पुनरागमन जित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले क्रिस्टल प्यालेसविरूद्ध पुनरागमन जित निकालेको छ ।

सोमबार राति भएको खेलमा लेष्टरले क्रिस्टलमाथि पुनरागमन गर्दै २-१ को जित निकालेको हो ।

लेष्टरको मैदानमा खेलको १२औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको ५०औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।

८०औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेष्टरलाई २-१ को जित दिलाए । जितसँगै लेष्टरले ३३ खेलमा ६२ अंक सहित तेस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको लेष्टर च्याम्पियन्स लिग छनोट नजिक समेत पुगेको छ । क्रिस्टल ३८ अंकसहित १३औं स्थानमा छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर