लेष्टर सिटीको पुनरागमन जित « Khabarhub

लेष्टर सिटीको पुनरागमन जित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले क्रिस्टल प्यालेसविरूद्ध पुनरागमन जित निकालेको छ ।

सोमबार राति भएको खेलमा लेष्टरले क्रिस्टलमाथि पुनरागमन गर्दै २-१ को जित निकालेको हो ।

लेष्टरको मैदानमा खेलको १२औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको ५०औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।

८०औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेष्टरलाई २-१ को जित दिलाए । जितसँगै लेष्टरले ३३ खेलमा ६२ अंक सहित तेस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको लेष्टर च्याम्पियन्स लिग छनोट नजिक समेत पुगेको छ । क्रिस्टल ३८ अंकसहित १३औं स्थानमा छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ४० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी