प्रेममा अवरोध भएपछि अभिनेत्रीले गराइन् दाजुको हत्या « Khabarhub

प्रेममा अवरोध भएपछि अभिनेत्रीले गराइन् दाजुको हत्या


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कन्नड फिल्म उद्योगकी अभिनेत्री शनाया काटवेलाई हुबलीको प्रहरीले पक्राउ गरेको छ । शनायामाथि आफ्नो दाजुको हत्या आरोप लागेको छ ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार प्रहरीले शनायाको दाजु राकेशको शव अलग–अलग सडकमा टुक्रा भएको अवस्थामा बरामद गरेको हो ।

प्रहरीले राकेशको निर्ममतापूर्वक हत्या भएको जनाएको छ । प्रहरीले राकेशको काटिएको शीर देवरागुडीहलको जंगलमा बरामद गरेको थियो । जबकी उनको शरीरको बाँकी भागको टुक्रा अलग–अलग स्थान र गदग रोडबाट बरामद गरेको छ ।

घटनाको अनुसन्धानरत प्रहरीले अन्य चार आरोपीलाई पनि पक्राउ गरेको छ । जसको नाम नियाज अहमद काटीगार, तौसीफ छन्नापुर, अल्ताफ मुल्ला र अमन गिरानीवाले हुन् ।

प्रहरीले अनुसन्धानमा राकेशको हत्याको प्रमुख योजना उनकी दिदी शनायाले बनाएको जनाएको छ । शनायाले यस्तो काम गर्नुको पछाडि उनको प्रेम सम्बन्ध रहेको बताइएको छ ।

समाचारअनुसार शनाया र नियाज एक अर्कालाई प्रेम गर्छन् । तर उनको दाजु यो सम्बन्धको विरुद्धमा रहेपछि नियाजकै योजना अनुसार उनको हत्या गरिएको हो ।

गत अप्रिल ९ मा शनाया आफ्नो फिल्म प्रमोसन गर्न हुबली गएको बेला राकेशको हत्या भएको हो ।

हाल अभिनेत्रीलाई न्यायिक हिरासतमा पठाइएको छ । शनायाले कन्नड फिल्ममा सन् २०१८ बाट पाइला चालेकी हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : ३५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा