प्रेममा अवरोध भएपछि अभिनेत्रीले गराइन् दाजुको हत्या « Khabarhub

प्रेममा अवरोध भएपछि अभिनेत्रीले गराइन् दाजुको हत्या


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कन्नड फिल्म उद्योगकी अभिनेत्री शनाया काटवेलाई हुबलीको प्रहरीले पक्राउ गरेको छ । शनायामाथि आफ्नो दाजुको हत्या आरोप लागेको छ ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार प्रहरीले शनायाको दाजु राकेशको शव अलग–अलग सडकमा टुक्रा भएको अवस्थामा बरामद गरेको हो ।

प्रहरीले राकेशको निर्ममतापूर्वक हत्या भएको जनाएको छ । प्रहरीले राकेशको काटिएको शीर देवरागुडीहलको जंगलमा बरामद गरेको थियो । जबकी उनको शरीरको बाँकी भागको टुक्रा अलग–अलग स्थान र गदग रोडबाट बरामद गरेको छ ।

घटनाको अनुसन्धानरत प्रहरीले अन्य चार आरोपीलाई पनि पक्राउ गरेको छ । जसको नाम नियाज अहमद काटीगार, तौसीफ छन्नापुर, अल्ताफ मुल्ला र अमन गिरानीवाले हुन् ।

प्रहरीले अनुसन्धानमा राकेशको हत्याको प्रमुख योजना उनकी दिदी शनायाले बनाएको जनाएको छ । शनायाले यस्तो काम गर्नुको पछाडि उनको प्रेम सम्बन्ध रहेको बताइएको छ ।

समाचारअनुसार शनाया र नियाज एक अर्कालाई प्रेम गर्छन् । तर उनको दाजु यो सम्बन्धको विरुद्धमा रहेपछि नियाजकै योजना अनुसार उनको हत्या गरिएको हो ।

गत अप्रिल ९ मा शनाया आफ्नो फिल्म प्रमोसन गर्न हुबली गएको बेला राकेशको हत्या भएको हो ।

हाल अभिनेत्रीलाई न्यायिक हिरासतमा पठाइएको छ । शनायाले कन्नड फिल्ममा सन् २०१८ बाट पाइला चालेकी हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : ३५ बजे

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

पर्सा – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको