६४ वर्षमा अन्तरंग दृश्य दिने ओस्कार विजेता यु « Khabarhub

६४ वर्षमा अन्तरंग दृश्य दिने ओस्कार विजेता यु


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– यसवर्षको ९३ औं संस्करणको ‘ओस्कार अवार्ड’मा ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’ विधामा अमेरिकन ड्रामा ‘मिनारी’का लागि दक्षिण कोरियाली अभिनेत्री यु जुङ युनले उपाधि पोल्टामा पारिन् ।

७३ वर्षीया यी अभिनेत्रीले ओस्कार अघि पनि मूलधारका फिल्म गरिसकेकी छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार उनले नौ वर्ष अघि एक दक्षिण कोरियाली फिल्ममा ६४ वर्षको उमेरमा अन्तरंग दृश्य दिएर चर्चा पाएकी थिइन् ।

कोरियन मूलकी यु पछिल्लो चार दशकदेखि फिल्ममा सक्रिय छिन् । उनले एकपछि अर्को ठूला फिल्ममा अभिनय गरेर लोकप्रियता पाइसकेकी छन् ।
नौ वर्ष अघि सन् २०१२ मा दक्षिण कोरियाली फिल्म ‘द टेस्ट अफ मनी’मा उनले अन्तरंग दृश्य दिएकी थिइन् ।

यो फिल्ममा उनले एक धनी व्यक्तिको मध्यम वर्गीय श्रीमतिको भूमिका निर्वाह गरेकी थिइन् । जुन महिलाको आफ्नो युवा निजी पुरुष सेक्रेटरीसँग अफेयर हुन्छ । भ्रष्टाचार लालच र यौन जस्ता थिममा आधारित फिल्ममा यु प्रमुख आकर्षणको केन्द्र बनेकी छन् ।

मध्यवर्गीय महिला भए पनि उनको काम एक व्यापारी महिलाको छ । उनी सारा विश्व आफ्नो मुठ्ठीमा रहेको ठान्छिन् । यो फिल्ममा उनले पहिलोपटक अन क्यामरा बोल्ड दृश्य दिएकी हुन् । जुन कुरा उनी स्वयंलाई थाहा छैन ।

‘जब मैले काम सुरु गरें, त्यो बेला यस्तो दृश्यमा पनि काम गर्नुपर्छ जस्तो लागेको थिएन । तर जब मलाई थाहा भयो अनि मैले निर्देशकलाई ‘के दर्शकले बुढी महिला नग्न भएको दृश्य हेर्न रुचाउछन्’ भनेर सोधेकी थिएँ’, उनले भनेकी छन् ।

उनले आफूलाई निर्देशकले यो दृश्यलाई ध्यान राखेरै स्क्रिप्ट लेखेको बताएको सुनाइन् । ‘सुटिङको समयमा कोशिस गर्नु र साहसी देखाउनु निकै मुस्किल थियो’, उनले भनेकी छन् ।

यु विशेषत पारिवारिक फिल्म र टेलिभिजन ड्रामा देखिन्छिन् । उनले सन् १९७० मा आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ५५ बजे

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र