६४ वर्षमा अन्तरंग दृश्य दिने ओस्कार विजेता यु « Khabarhub

६४ वर्षमा अन्तरंग दृश्य दिने ओस्कार विजेता यु


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– यसवर्षको ९३ औं संस्करणको ‘ओस्कार अवार्ड’मा ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’ विधामा अमेरिकन ड्रामा ‘मिनारी’का लागि दक्षिण कोरियाली अभिनेत्री यु जुङ युनले उपाधि पोल्टामा पारिन् ।

७३ वर्षीया यी अभिनेत्रीले ओस्कार अघि पनि मूलधारका फिल्म गरिसकेकी छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार उनले नौ वर्ष अघि एक दक्षिण कोरियाली फिल्ममा ६४ वर्षको उमेरमा अन्तरंग दृश्य दिएर चर्चा पाएकी थिइन् ।

कोरियन मूलकी यु पछिल्लो चार दशकदेखि फिल्ममा सक्रिय छिन् । उनले एकपछि अर्को ठूला फिल्ममा अभिनय गरेर लोकप्रियता पाइसकेकी छन् ।
नौ वर्ष अघि सन् २०१२ मा दक्षिण कोरियाली फिल्म ‘द टेस्ट अफ मनी’मा उनले अन्तरंग दृश्य दिएकी थिइन् ।

यो फिल्ममा उनले एक धनी व्यक्तिको मध्यम वर्गीय श्रीमतिको भूमिका निर्वाह गरेकी थिइन् । जुन महिलाको आफ्नो युवा निजी पुरुष सेक्रेटरीसँग अफेयर हुन्छ । भ्रष्टाचार लालच र यौन जस्ता थिममा आधारित फिल्ममा यु प्रमुख आकर्षणको केन्द्र बनेकी छन् ।

मध्यवर्गीय महिला भए पनि उनको काम एक व्यापारी महिलाको छ । उनी सारा विश्व आफ्नो मुठ्ठीमा रहेको ठान्छिन् । यो फिल्ममा उनले पहिलोपटक अन क्यामरा बोल्ड दृश्य दिएकी हुन् । जुन कुरा उनी स्वयंलाई थाहा छैन ।

‘जब मैले काम सुरु गरें, त्यो बेला यस्तो दृश्यमा पनि काम गर्नुपर्छ जस्तो लागेको थिएन । तर जब मलाई थाहा भयो अनि मैले निर्देशकलाई ‘के दर्शकले बुढी महिला नग्न भएको दृश्य हेर्न रुचाउछन्’ भनेर सोधेकी थिएँ’, उनले भनेकी छन् ।

उनले आफूलाई निर्देशकले यो दृश्यलाई ध्यान राखेरै स्क्रिप्ट लेखेको बताएको सुनाइन् । ‘सुटिङको समयमा कोशिस गर्नु र साहसी देखाउनु निकै मुस्किल थियो’, उनले भनेकी छन् ।

यु विशेषत पारिवारिक फिल्म र टेलिभिजन ड्रामा देखिन्छिन् । उनले सन् १९७० मा आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ५५ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान