रिमेक फिल्ममा सलमान मोह « Khabarhub

रिमेक फिल्ममा सलमान मोह


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता सलमान खान हालका दिनमा आफ्नो नयाँ फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’लाई लिएर चर्चामा छन् । यो फिल्म एक कोरियन फिल्मको रिमेक हो ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार सलमानले पछिल्लो दशकमा अभिनय गरेका फिल्मको सूची हेर्ने हो भने उनले कैयौं पटक कोरियन र दक्षिण भारतीय फिल्मको रिमेक गरेका छन् ।

सन् २००९ मा रिलिज फिल्म ‘वान्टेड’ले सलमानको गिर्दो करियरलाई नयाँ उचाईमा पुर्यायो । यो फिल्मपछि सलमानले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

उनले एकपछि अर्को एक्सनपूर्ण फिल्म दर्शकलाई दिए । यो फिल्म टलिउड सुपरस्टार महेश बाबुको तेलुगु फिल्म ‘पोकरी’को रिमेक थियो ।

सन् २००३ मा रिलिज फिल्म ‘तेरे नाम’लाई दर्शकले अत्याधिक मनपराए । यो क्लासिक फिल्ममा सतीश कौशिकको निर्देशन थियो ।

यो तमिल फिल्म ‘सेतु’को हिन्दी रिमेक थियो । फिल्ममा तमिल स्टार विक्रमले अभिनय गरेका थिए ।

सन् १९९९ मा रिलिज फिल्म ‘बीवी नम्बर १’मा सलमानसँगै करिश्मा कपूर र सुस्मिता सेनको अभिनय थियो । यो फिल्म बक्सअफिसमा निकै हिट भएको थियो ।

कमल हासन स्टारर तमिल फिल्म ‘साथी लीलावती’को यो हिन्दी रिमेक हो । फिल्ममा अनिल कपूरको पनि अभिनय थियो ।

सन् १९९७ मा रिलिज फिल्म ‘जुडुवा’मा डेभिड धवनको निर्देशन छ । यो फिल्म नागार्जुन अक्किनेनीको ब्लकबस्टर तेलुगु फिल्म ‘हेलो ब्रदर’को हिन्दी रिमेक थियो ।

सलमान र करीना कपूर स्टारर फिल्म ‘बडीगार्ड’ सन् २०११ मा रिलिज भएको थियो । यो फिल्म यही नाममा बनेको मलयालम फिल्मको हिन्दी रिमेक हो ।

मलयालम फिल्ममा दिलीप र नयनताराको प्रमुख भूमिकामा अभिनय थियो ।

सन् २०११ मै असीन र सलमान अभिनित कमेडी फिल्म ‘रेडी’ पनि तेलुगु रिमेक नै हो । यो फिल्मको तमिल नाम ‘राम नाम’ हो ।

सन् २००५ मा अनीस बज्मीले निर्देशन गरेको फिल्म ‘नो इन्ट्री’ तमिल फिल्म ‘चार्ली चापलिन’को हिन्दी रिमेक हो । यो फिल्ममा प्रभु देवा प्रमुख भूमिकामा थिए ।

सन् २००५ मा रिलिज फिल्म ‘क्यों कि’ सन् १९८६ मा बनेको मलयालम फिल्म ‘थलावत्तम’को हिन्दी रिमेक थियो । यद्यपि फिल्म बक्सअफिसमा असफल भयो ।

सन् २००२ मा रिलिज फिल्म ‘हम तुमरे है सनम’ तमिल फिल्म ‘थोटा चिन्युंगी’को हिन्दी रिमेक हो । हिन्दी भर्सनमा शाहरुख खान, माधुरी दीक्षित र सलमान खानको अभिनय थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १ : ४० बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज

गायिका तेजवतीको स्वरमा रहेको ‘नेपालकी छोरी’ सार्वजनिक

काठमाडौं – गायिका तेजवती जोशीको स्वरमा ‘नेपालकी छोरी’ बोलको गीतको

झाडी फाँडेर फलफूल बगैँचा, ८० जनाले पाएका छन् रोजगारी

म्याग्दी– बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर

वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य : नेता आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको