‘सौदागर’ सेटमा मनीषामाथि दुर्व्यवहार भएपछि… « Khabarhub

‘सौदागर’ सेटमा मनीषामाथि दुर्व्यवहार भएपछि…


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई–फिल्ममा काम गर्ने कलाकारको राजनीतिक पहुँच कतिसम्म हुन्छ भन्ने कुरा अभिनेत्री मनीषा कोइरालालाई हेरे पुग्छ । सन् ९० को दशकमा लाखौं दर्शकको मन जितेकी मनीषाले बलिउडमा कैयौं सुपरहिट फिल्म दिएकी छन् ।

मनीषाले बलिउडमा सन् १९९१ मा सुभाष घई निर्देशित फिल्म ‘सौदागर’बाट पाइला चालिन् । फिल्ममा उनका साथ अभिनेता राजकुमार र दिलीप कुमार प्रमुख भूमिकामा थिए ।

यो फिल्मको सुटिङ कुल्लू मनालीमा भएको थियो । एबीपी लाइभमा प्रकाशित समाचार अनुसार यो फिल्मको छायांकनको क्रममा मनीषाका साथ एक टिम सदस्यले दुर्व्यवहार गरेका थिए ।

मनीषा नेपालका पूर्व प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी हुन् । आफुमाथि टिमका सदस्यले दुर्व्यवहार गरेको कुरा उनले आमालाई भनिन् । आमाले यो कुरा मनीषाको पिता प्रकाश कोइरालाको कानसम्म पुर्याइन् ।

छोरीमाथि भएको दुर्व्यवहार थाहा पाएपछि प्रकाशले नयाँदिल्लीका एक वरिष्ठ नेतालाई फोन गरे । ती नेताले तत्कालीन प्रधानमन्त्री विश्वनाथ प्रताप सिंहलाई तुरुन्तै फोन गरेर सबै कुरा बेलीविस्तार लगाए ।

कुरा यतिमा टुंगिएन । प्रधानमन्त्री सिंहले अभिनेता राज बब्बरलाई फोन गरेर मनीषामाथि भएको दुर्व्यवहारबारे अनुसन्धान गर्न आग्रह गरे । राज तुरुन्तै महाराष्ट्रका मुख्यमन्त्रीमाझ पुगे । त्यसपछि साना ठूला नेताहरु फिल्मको छायांकनस्थल मनाली नै पुगे ।

उनीहरु पुगेर त्यहाँको वातावरणलाई साम्य गरे । सुटिङ सेटमा यस्ता घटना प्रायः भइरहे पनि मनीषामाथि भएको दुर्व्यवहारपछिको परिणामले सबैलाई चकित तुल्यायो । किनकी यसअघि कोहीमाथि दुर्व्यवहार हुँदा त्यसको प्रभाव प्रधानमन्त्रीसम्म पुगेको थिएन ।

मनीषाको पहुँच प्रधानमन्त्रीसम्म पुगेको देखेपछि उनलाई कसैले दुर्व्यवहार गर्ने हिम्मत नै गरेनन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ४ : ४५ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर