‘सौदागर’ सेटमा मनीषामाथि दुर्व्यवहार भएपछि… « Khabarhub

‘सौदागर’ सेटमा मनीषामाथि दुर्व्यवहार भएपछि…


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई–फिल्ममा काम गर्ने कलाकारको राजनीतिक पहुँच कतिसम्म हुन्छ भन्ने कुरा अभिनेत्री मनीषा कोइरालालाई हेरे पुग्छ । सन् ९० को दशकमा लाखौं दर्शकको मन जितेकी मनीषाले बलिउडमा कैयौं सुपरहिट फिल्म दिएकी छन् ।

मनीषाले बलिउडमा सन् १९९१ मा सुभाष घई निर्देशित फिल्म ‘सौदागर’बाट पाइला चालिन् । फिल्ममा उनका साथ अभिनेता राजकुमार र दिलीप कुमार प्रमुख भूमिकामा थिए ।

यो फिल्मको सुटिङ कुल्लू मनालीमा भएको थियो । एबीपी लाइभमा प्रकाशित समाचार अनुसार यो फिल्मको छायांकनको क्रममा मनीषाका साथ एक टिम सदस्यले दुर्व्यवहार गरेका थिए ।

मनीषा नेपालका पूर्व प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी हुन् । आफुमाथि टिमका सदस्यले दुर्व्यवहार गरेको कुरा उनले आमालाई भनिन् । आमाले यो कुरा मनीषाको पिता प्रकाश कोइरालाको कानसम्म पुर्याइन् ।

छोरीमाथि भएको दुर्व्यवहार थाहा पाएपछि प्रकाशले नयाँदिल्लीका एक वरिष्ठ नेतालाई फोन गरे । ती नेताले तत्कालीन प्रधानमन्त्री विश्वनाथ प्रताप सिंहलाई तुरुन्तै फोन गरेर सबै कुरा बेलीविस्तार लगाए ।

कुरा यतिमा टुंगिएन । प्रधानमन्त्री सिंहले अभिनेता राज बब्बरलाई फोन गरेर मनीषामाथि भएको दुर्व्यवहारबारे अनुसन्धान गर्न आग्रह गरे । राज तुरुन्तै महाराष्ट्रका मुख्यमन्त्रीमाझ पुगे । त्यसपछि साना ठूला नेताहरु फिल्मको छायांकनस्थल मनाली नै पुगे ।

उनीहरु पुगेर त्यहाँको वातावरणलाई साम्य गरे । सुटिङ सेटमा यस्ता घटना प्रायः भइरहे पनि मनीषामाथि भएको दुर्व्यवहारपछिको परिणामले सबैलाई चकित तुल्यायो । किनकी यसअघि कोहीमाथि दुर्व्यवहार हुँदा त्यसको प्रभाव प्रधानमन्त्रीसम्म पुगेको थिएन ।

मनीषाको पहुँच प्रधानमन्त्रीसम्म पुगेको देखेपछि उनलाई कसैले दुर्व्यवहार गर्ने हिम्मत नै गरेनन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ४ : ४५ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,