दोधारा चाँदनीमा सशस्त्र प्रहरीको १९औँ बीओपी उद्घाटन « Khabarhub

दोधारा चाँदनीमा सशस्त्र प्रहरीको १९औँ बीओपी उद्घाटन


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– दोधरा चाँदनी नगरपालिकाको पशुपति टोलमा आज सशस्त्र प्रहरीको १९औँ बोर्डर आउट पोष्ट (बीओपी) को उद्घाटन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सो पोष्टको उद्घाटन गर्दै नेपाली भूमिमा खुला सिमानाका कारण हुने अवैध चोरीतस्करी नियन्त्रणमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गरे

उनले चेलीबेटी बेचबिखन, लागुऔषध ओसारपसार, हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण, सङ्गठित सीमा अपराध तथा सीमा विवादजस्ता गहन समस्याहरू समाधान गर्नका लागि सशस्त्र प्रहरीले चौबिसै घण्टा खटिने जानकारी दिए ।

जस्ताले छाएका दुईवटा टहरा, ब्यारेक, अफिस ब्लक, भान्साघर, शौचालय र ११ वटा डिउटी पोष्ट सहितको बीओपी निर्माण गरिएको छ । बीओपीको जिम्मेवारी क्षेत्र सीमा स्तम्भ नं ८०३ देखि मुख्य सीमा स्तम्भ नं २०५ सम्मको करीब सात किलोमिटर रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । उनका अनुसार दोधारा चाँदनी नगरपालिका–१ र भीमदत्त नगरपालिका–१२ भुजेलासम्म उद्घाटन गरिएको बीओपीको इलाका विभाजन गरिएको छ ।

आगामी दिनमा थप बीओपीहरू क्रमिकरूपमा थप्दै लैजाने योजना रहेको उनले बताए । कञ्चनपुरमा १२९ दशमलव पाँच किलोमिटर नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १९ वटा बीओपी स्थापना गरिएका छन् ।

२५ वटा बीओपी स्थापना गर्ने लक्ष्य रहेको छ । छवटा बीओपीको स्थायी भवनका लागि बोलपत्र प्रक्रिया अगाडि बढेको बताइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ४५ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार