महाकवि महात्मा रामचन्द्र वीर कलकत्ताको काली मन्दिरमा निरपराध बोकाहरुको बली दिने कुप्रथा रोक्न आन्दोलनरत थिए ।
उनले एक चन्दनधारी पण्डितलाई बोकाको बली दिन तयारी गरिरहेको देखे । नजिकै उभिएको निरीह बोको थरथर काँपिरहेको थियो । महात्मा यो दृश्य देखेर दुःखी र क्रोधित भए ।
उनी कराए— तिमी पण्डित हौ वा कसाइ ? यदि देवी बलिले प्रसन्न हुन्छिन् भने आफ्नो छोराको बलिदान किन दिँदैनौ ?
बली दिने पण्डित उनको रौद्ररुप देखेर त्यहाँबाट भाग्यो ।
महात्माले दाम्लो काटेर बोकालाई मुक्त गराए । आफ्नो सन्तानको खुशीको लागि बली दिन आएका अन्धविश्वासी दम्पतीलाई उनले सम्झाए- देवी कहिल्यै पनि कुनै निरीह प्राणीको बलीबाट खुशी हुँदिनन् । देवी त सबैकी आमा हुन्- तिम्रो, मेरो र यस नबोल्ने बोकाको पनि । जसले उसको नाममा हत्या गर्छ, ऊ घोर नरकमा जान्छ ।
पति–पत्नीले त्यसै समयमा भविष्यमा बलिजस्तो पाप नगर्ने प्रतिज्ञा गरे ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट
प्रतिक्रिया