घतलाग्दो कुरा : एक प्रेरक प्रसङ्ग « Khabarhub

घतलाग्दो कुरा : एक प्रेरक प्रसङ्ग


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाकवि महात्मा रामचन्द्र वीर कलकत्ताको काली मन्दिरमा निरपराध बोकाहरुको बली दिने कुप्रथा रोक्न आन्दोलनरत थिए ।

उनले एक चन्दनधारी पण्डितलाई बोकाको बली दिन तयारी गरिरहेको देखे । नजिकै उभिएको निरीह बोको थरथर काँपिरहेको थियो । महात्मा यो दृश्य देखेर दुःखी र क्रोधित भए ।

उनी कराए— तिमी पण्डित हौ वा कसाइ ? यदि देवी बलिले प्रसन्न हुन्छिन् भने आफ्नो छोराको बलिदान किन दिँदैनौ ?

बली दिने पण्डित उनको रौद्ररुप देखेर त्यहाँबाट भाग्यो ।

महात्माले दाम्लो काटेर बोकालाई मुक्त गराए । आफ्नो सन्तानको खुशीको लागि बली दिन आएका अन्धविश्वासी दम्पतीलाई उनले सम्झाए- देवी कहिल्यै पनि कुनै निरीह प्राणीको बलीबाट खुशी हुँदिनन् । देवी त सबैकी आमा हुन्- तिम्रो, मेरो र यस नबोल्ने बोकाको पनि । जसले उसको नाममा हत्या गर्छ, ऊ घोर नरकमा जान्छ ।

पति–पत्नीले त्यसै समयमा भविष्यमा बलिजस्तो पाप नगर्ने प्रतिज्ञा गरे ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग पुस्तकबाट

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ४ : ५१ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित