बन्द भएनन् मेलापात, भीडभाड अझै उस्तै « Khabarhub

बन्द भएनन् मेलापात, भीडभाड अझै उस्तै


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरेको छ ।

संक्रमण तीव्र रुपमा फैलिएको भन्दै दुई गाउँमा सिलसमेत गरिएको छ । यस्तो अवस्थामा पनि  प्रदेश राजधानी जनकपुरधाममा भीडभाड र मेलापात बन्द भएको छैन ।

निषेधाज्ञालाई अटेरी गर्दै मानिसहरु भीडमा मेलापात गर्ने क्रम अझै रोकिएको छैन ।

बिहीबार निषेधज्ञाको २२ दिन पुगे पनि आमसर्वसधारणले धार्मिक, पारिवारिक र सामाजिक काम गर्न भन्दै बजारमा घुमफिर गरिरहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाकले शुक्रबार आयोजना गरेको सीआईसीको समीक्षा बैठकमा पनि विज्ञ समूहले बजारमा मेलापात बन्द नभएको नगर प्रमुख लालकिसोर साहसँग गुनासो गरेका थिए ।

‘बजारमा मेलापात बन्द भएको छैन । यसलाई तत्काल कम्तीमा तीन साता बन्द भएन भने स्थिति भयावाह हुनसक्छ,’ स्वास्थ्य निरीक्षक अभयकुमार सिंहले प्रशासन र नगर प्रमुखको ध्यानाकर्षण गराउँदै भने, ‘बजारमा कतै स्वास्थ्य मापदण्ड पालना भएको छैन । पसल पनि दिनभर खुल्ने गरेको देखिन्छ ।’

जनकपुरधाममा मात्रै १५ सय बढी संक्रमितको संख्या पुगिसकेका बेलामा समेत आमसर्वसधारणले मास्कको प्रयोग नगरेको उनले बताए ।

‘चोक बजारको चिया पसलदेखि हाट र दैनिक बजारमा भीड बढी छ। स्वास्थ्य सतर्कता पनि खासै अपनाइएको हुँदैन,’ उनले भने, ‘पेठिया बजार र रेलवे स्टेशन बजारमा सेवाग्राहीको थामिनसक्नु भीड हुने गरेको छ ।’

हटिया बिहान र बेलुका मात्र सञ्चालन गर्ने भनिए पनि दिनभरि सर्वसाधारणको चहलपहल हुने गरेको उनको भनाइ छ । जनकपुरका चोक–चोकमा उभिएर मास्क लगाउन आग्रह गर्दा पनि सर्वसधारणले अटेरी गर्ने गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

कोरोना भाइरसको दोस्रो लहर शुरु भएयता स्वास्थ्य प्रोटोकल पालना गर्न सचेत गराए पनि अटेरी भइरहेको उनले बताए ।

‘भीडभाड हुन नदिन र मास्क प्रयोगका लागि प्रहरी परिचालन गरिए पनि हाट बजार व्यवस्थापन हुन सकेको छैन,’ उनले भने, ‘प्रहरीले हर सम्भव प्रयास गरेको छ । केही दिन पूर्णरुपमा लागू भएपनि विस्तारै त्यो क्रम घटेको छ ।’

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ३ : ४० बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर