‘स्कूल अफ रक’ अभिनेता केविनको निधन « Khabarhub

‘स्कूल अफ रक’ अभिनेता केविनको निधन


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउडका प्रख्यात अभिनेता केविन क्लार्कको सडक दुर्घटनामा निधन भएको छ । केविनले ३२ वर्षको उमेरमा ज्यान गुमाएका हुन् ।

अमर उजालाका अनुसार केविनले साइकल चलाइरहदा त्यही समयमा उनलाई एक कारले हिर्काएको थियो । प्रहरी घटनास्थल पुग्दा केविन कारमुनि गम्भीर अवस्थामा भेटिएका थिए ।

प्रहरीले उनलाई त्यहाँबाट तुरुन्तै एडवोकेट इलिनोइस मेसोनिक मेडिकल सेन्टर पुर्याएको थियो । त्यहाँ पुर्‍याएकाे केही समयमा नै चिकित्सकले उनलाई मृत घोषणा गरेको थिए ।

केविनले सन् २००३ मा रिलिज फिल्म ‘स्कूल अफ रक’ मा ड्रमर फ्रेडी ‘स्पेजी मेगी’ जोन्सको भूमिका निभाएका थिए । उनको निधनमा कलाकारले श्रद्धाञ्जली दिएका छन् ।

अभिनेता ज्याक ब्ल्याकले आफ्नो इन्स्टाग्राममा ‘दुःख लाग्दो खबर, केविन गए, विश्वास नै लाग्न सकेको छैन’ भन्दै लेखेका छन् ।

केविन र ज्याक ‘स्कूल अफ रक’मा एकसाथ देखिएका थिए । यो फिल्ममा अभिनय गरेपछि केविनले ड्रम बजाउने कामलाई नियमित राखे । केविनले ‘जेस बेस एण्ड द इन्टेन्टेन्स’सँग काम गरेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ४ : १५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु