सञ्जयलाई यूएईको ‘गोल्डेन भिसा’ « Khabarhub

सञ्जयलाई यूएईको ‘गोल्डेन भिसा’


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता सञ्जय दत्तलाई यूएईले ‘गोल्डेन भिसा’ दिएको छ । अभिनेताले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन् ।

दैनिक भास्करका अनुसार सञ्जयले पोस्टसँगै एक फोटो पनि राखेका छन् । जहाँ दुबईका जनरल डायरेक्टोरेट अफ रेसीडेन्सी एण्ड फरेन अफेयर्सका निर्देशक जनरल मेजर जनरल मोहम्मद अल मर्री पनि देखिएका छन् ।

‘मेजर मेजर जनरल मोहम्मद अल मर्रीको उपस्थितिमा संयुक्त अरब इमिरेट्सका लागि गोल्डेन भिसा प्राप्त गर्ने सम्मान पाएँ । यसका लागि यूएई सरकारलाई धन्यवाद । फ्लाई दुबईका सीओओ हमद ओबैदल्लाको पनि समर्थनका लागि आभारी छु’, उनले लेखेका छन् ।

यूएईमा गोल्डेन भिसालाई लङ टर्म रेसिडेन्स इभेन्टका रुपमा लिइन्छ । सन् २०१९ को मेमा प्रधानमन्त्री र दुबईका शासक के अप्रुवलपछि यो लागु भएको हो ।

सन् २०२० मा यूएई सरकारले यो भिसाको सुरुवात गरेको थियो । जसको अवधि १० वर्षको हुनेछ । यसको प्रमुख उद्देश्य प्रतिभाशाली व्यक्तिलाई खाडी देशमा बसाउनु हो । यसमा विशेष रुपमा पीएचडी होल्डर, डाक्टर, इञ्जिनियर र विश्वविद्यालयबाट छानिएका ग्रेजुएट्स पर्छन् ।

सञ्जय यो भिसा पाउने पहिलो बलिउडका कलाकार हुन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ५ : २० बजे

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री