६३ जिल्ला ‘रेडजोन’मा, ४९ जिल्लामा ५०० बढी सक्रिय संक्रमित (विवरणसहित) « Khabarhub

६३ जिल्ला ‘रेडजोन’मा, ४९ जिल्लामा ५०० बढी सक्रिय संक्रमित (विवरणसहित)


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका ६३ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६३ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।

जसमध्ये ४९ जिल्लामा पाँच सयभन्दा बढी र अन्य १३ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, धनकुटामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्  । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट, सप्तरी, सिराहा, सर्लाही र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, दोलखा र सिन्धुली पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, म्याग्दी, पर्वत, लमजुङ र स्याङ्जा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै  लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम, गुल्मी र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको सल्यान, सुर्खेत र दैलेख तथा सुदुरपश्चिम प्रदेशको डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यी हुन् २०० बढी सक्रिय संक्रमित रहेका जिल्ला

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाम, ताप्लेजुङ, उदयपुर,  ओखलढुंगा, संखुवासभा, खोटाङ २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बागमती प्रदेशको रसुवामा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । गण्डकी प्रदेशको बागलुङ  पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको अर्घाखाँची र रोल्पा दुई सय बढी संक्रमित रहेका छन्।

कर्णाली प्रदेशको जाजरकोट, कालिकोट र रुकुम पश्चिम तथा सुदूरपश्चिम प्रदेशको दार्चुलामा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १० : १५ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको