चीन, कतार र टर्कीमा साताको एक पटक हवाई उडान खुला गर्ने सरकारको निर्णय « Khabarhub

चीन, कतार र टर्कीमा साताको एक पटक हवाई उडान खुला गर्ने सरकारको निर्णय


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले केही देशमा सीमित उडान खुला गर्ने निर्णय गरेको छ ।

विहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक पटक हवाई उडान सञ्चालन खुला गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनमा साताको एक दिन दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीको जोखिम बढेपछि अन्तर्राष्ट्रिय उडान बन्द गरेको सरकारले चार्टर उडानका लागि भने अनुमति दिएको थियो ।

यसरी चार्टर उडानमा यात्रु ठगिएको गुनासो बढेसँगै अन्तर्राष्ट्रिय उडानमा केही खुकुलो गर्ने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ११ : १८ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा