ताइवानमा कुनै हस्तक्षेप नगर्न अस्ट्रेलियालाई चीनको चेतावनी « Khabarhub

ताइवानमा कुनै हस्तक्षेप नगर्न अस्ट्रेलियालाई चीनको चेतावनी


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ सरकारी सञ्चारमाध्यमले ताइवानसँगको कुनै सैन्य विवादमा संलग्न भए ब्यालेस्टिक मिसाइल प्रहार गर्ने चेतावनी दिएको छ ।

चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सको सम्पाकीयको शीर्षकमा लेखिएको छ, ‘अस्ट्रेलियाको शक्तिलाई रोक्न चीनले नयाँ योजना बनाउनुपर्छ ।’

ग्लोबल टाइम्सका प्रधानसम्पादक हु सिजिनले ताइवानको सम्भावित सैन्य विवादमा संलग्न भएमा लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गर्ने चेतावनी दिएका हुन् । उनले चीनलाई अस्ट्रेलियाको शक्तिलाई पारस्त गर्ने योजना बनाउन समेत सरकारलाई सुझाएका छन् ।

ताइवानमा अस्ट्रेलियाले सैन्य गतिविधिहरु सञ्चालन गर्न खोजेका कारण यसलाई रोक्नुपर्नेसमेत उनले बताएका छन् । अस्ट्रेलियाले ताइवानमा आफ्नो सेना पठाउनसक्ने भएकोले लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गर्नका लागि पीपुल्स लिब्रेसन आर्मी (पीएलए) तयार रहनुपर्नेसमेत उनले बताएका छन् ।

चीनले शान्ति चाहेको उल्लेख गर्दै अस्ट्रेलियाले कुनै हस्तक्षेप गर्न खोजेका अवस्थामा विपत्ति निम्तिनेसमेत चेतावनी दिएका छन् ।

पछिल्लो समय ताइवानले आफू स्वतन्त्र भएको दाबी गर्दै अन्य मुलुकहरुसँग पनि कूटनीतिक र सैन्य सम्बन्धलाई बढाउँदै लैजाने रणनीति लिएको छ । तर, चीनले भने ताइवाना आफ्नो एक हिस्सा भएका कारण कुनै विदेश हस्तक्षेत्र हुन नहुने र स्वतन्त्र मुलुकको हैसियत प्रदान नगर्न चेतावनी दिएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : ४४ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि