कसिलो लुगाले बिगार्छ स्वास्थ्य | Khabarhub Khabarhub

कसिलो लुगाले बिगार्छ स्वास्थ्य


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको युवापुस्ताको रोजाईमा पर्दछ, कसिलो लुगा । त्यसमा पनि टाइट जिन्स र टिसर्ट अहिलेको युवायुवतीको पहिलो रोजाई नै बनेको छ । तर यो रोजाई फेसन भए पनि स्वास्थ्यमा भने खतरनाक साबित हुनसक्छ ।

कसिलो लुगाले खुट्टा सुन्निनदेखि स्वास्थ्यसम्बन्धी अन्य गम्भीर समस्या निम्त्याउन सक्छ । चिकित्सकका अनुसार कसिला जीन्स, टिर्सट, पेन्सिल स्कर्ट, ब्रा र टाईले नसासम्बन्धी समस्यादेखि क्यान्सरसम्म हुनसक्छ ।

कसिला लुगा लगाउँदा शरीरको नसाहरु दबिने गर्दछ । तसर्थ यस्ता कसिला लुगा वा विशेषगरी जिन्स पाइन्टले नशाको रक्त प्रवाहमा असर पार्दछ । जसका कारण तिघ्रामा पीडा बढाउँछ । विशेष गरी यसले महिलाको पेल्भिक क्षेत्रमा बढी असर पार्दछ । कसिलो लुगाले तिघ्राको वरपर र पछाडिको भागमा पोल्ने पनि हुन्छ ।

टाइट पाइन्ट र स्कर्टले शरीरका मांशपेशी र जोर्नीमा असर पार्दछ । यस्ता कसिला कपडा लगाएर झुक्दा र बस्दा तत्काल असर नदेखिन सक्छ । तर लामो समयसम्म यस्ता लुगा लगाई हिँड्डुल गर्दा दीर्घकालीन रुपमा नै हिपलाई असर पार्दछ ।

घाँटीमा लगाइने कसिलो टाईले लामो समयसम्म घाटीमा दुखाई हुनेदेखि मांशपेशीका नसा दुख्ने गर्दछ । घाटी कसिलो हुदाँ आँखा दुख्नुका साथै ग्लुकोमा रोग पनि लाग्न सक्छ । साथै लामो समयसम्म कसिलो टाइ लगाउने व्यक्तिको घाटी वरपरको नसामा बढी संवेदना बढाउँछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : ३० बजे

कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक