सशस्त्रको सीसीएसी तालिम सम्पन्न, कृष्णकुमार बस्नेत बने सर्वोत्कृष्ट « Khabarhub

सशस्त्रको सीसीएसी तालिम सम्पन्न, कृष्णकुमार बस्नेत बने सर्वोत्कृष्ट


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सञ्चालित सि.सं. २६ गुल्मपति तथा स्टाफ (सीसीएससी) तालिम सम्पन्न भएको छ ।

सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको आइतबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले समापन गरेका हुन् । उक्त तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार बस्नेतलाई उनले पुरस्कार तथा सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे ।

महानिरीक्षक खनालले उक्त तालिम सफलतापूर्वक सम्पन्न गराउन विशेष भूमिका निर्वाह गरेकोमा सो तालिमका प्रशिक्षकहरुलाई समेत प्रशंसापत्र प्रदान गरे । सो अवसरमा उनले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यावसायिक भइ जिम्मेवारी निर्वाह गर्न सक्ने अनुशासित, कर्तव्यनिष्ठ, नैतिवान, दक्ष र कुशल नेतृत्व क्षमतायुक्त अधिकृत उत्पादनका लागि संगठनले विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आईरहेको उल्लेख गरे । यस्ता तालिमले अधिकृतहरुको बृत्ति विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान, कला कौशललाई उपयोग गर्दै कार्यक्षेत्रमा खटिँदा आफू मातहतकालाई समेत व्यावसायिक बनाई सामूहिक भावनाकासाथ कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे । उनले आफूले सिकेको ज्ञानलाई कर्तव्यनिष्ठ भई इमान्दारितापूर्वक कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।

१२ हप्ता अवधिको सीसीएससी तालिममा २७ जना सशस्त्र प्रहरी निरीक्षकहरु सहभागी भएका थिए । सो तालिममा शोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक रञ्जन बस्नेत उत्कृष्ट बने । उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञबाट प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी., सो प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : ०० बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था