एक महिनादेखि बेपत्ता महिलाको परिवारबाटै हत्या भएको आशंका, खेतमा भेटिए प्रमाणहरू « Khabarhub

एक महिनादेखि बेपत्ता महिलाको परिवारबाटै हत्या भएको आशंका, खेतमा भेटिए प्रमाणहरू


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको लोहरपट्टी नगरपालिका – ७ की २६ वर्षीया सुजिता ठाकुरको हत्या भएको प्रहरीले आशंका गरेको छ । आइतबार महोत्तरी प्रहरीले घर नजिकैको खेतमा गाडेको अवस्थामा केही सम्भावित प्रमाणहरू फेला पारेको हो ।

सुजिता गत जेठ २० गतेदेखि बेपत्ता भएकी थिइन् । झण्डै २३ दिनपछि महोत्तरी प्रहरीले उनको आफ्नै खेतमा (घरदेखि करिब डेढ किलोमिटर टाढा) उत्खनन् गर्दा हत्या भएको केही प्रमाणहरू फेला परेको हो । खेतमा उत्खनन् गर्दा कपाल, रगतले रातो भएको मोटो, मलखाद र नुन भेटिएको छ ।

शरीर गलाउनका लागि मलखाद र नुन प्रयोग गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार हत्या बाहिर गरिएको र उक्त स्थानमा ल्याएर गाडेको हुनसक्छ । थप उत्खनन गर्न बाँकी रहेकाले अन्य प्रमाणहरु पनि भेटिने सम्भावना छ । मधेसी आयोगले घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले उत्खनन् गर्दा हत्या भएको प्रमाणहरु फेला परेको हो ।

सुजिताको हत्या आफ्नै देवर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरले गरेको आरोप लागेको छ । हत्या आरोपित देवर र ससुरालाई पक्राउ गर्न प्रहरी खोज्न थालिसकेको छ । उनीहरू घरबाट फरार भएका छन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : ५२ बजे

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन